युनिकोड    राशिफल    एफएम रेडियाे                        

काठमाडौं । प्रतिनिधि सभा सदस्यका उम्मेदवारहरुले ३ वटासम्म सम्पर्क कार्यालय खोल्न पाउने भएका छन् ।

निर्वाचन आयोगले मंगलबार विज्ञप्ति जारी गर्दै उम्मेदवारहरुले आफ्नो क्षेत्रमा प्रदेश निर्वाचन क्षेत्र समेट्ने गरी बढीमा तीन वटा सम्पर्क कार्यालय खोल्न सक्ने बताएको हो ।प्रदेशसभा सदस्यका उम्मेदवारहरुले भने एउटा मात्र सम्पर्क कार्यालय खोल्न पाउनेछन् । आयोगका अनुसार प्रदेश र प्रतिनिधिसभाका समानुपातिक उम्मेदवारहरुले भने एउटा मात्र सम्पर्क कार्यालय खोल्न पाइने छ ।

हेर्नुहोस् निर्वाचन आयोको सूचना

प्रतिक्रिया

सम्बन्धित खवर