युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
बाजुराको मार्तडीमा भीषण आगलागी | फरार कैदीबन्दी र लुटिएका हतियारले चुनाव बिथोल्न दिँदैनौं : गृहमन्त्री अर्याल | सशस्त्रका २३ डीएसपीको सरुवा, को कहाँ ? (सूचीसहित) | बाजुरा अस्पतालमा विशेषज्ञ चिकित्सक र उपकरणको व्यवस्था गर्न स्वास्थ्यमन्त्रीलाई थापाको माग | रास्वपा र विवेकशीलबीच आज एकता घोषणा हुँदै | कैलालीबाट बाजुराका एक किशोर छ दिन देखि बेपत्ता | लुम्बिनीले सुदूरपश्चिमलाई दियाे १ सय ४४ रनकाे लक्ष्य | नयाँ बसपार्कमा फेला परेको महिलाको हत्या पुष्टि, एकजना पक्राउ | रामजानकी विवाह महोत्सव : महोत्तरीको मटिहानीमा ‘मटकोर’को तयारी | चुनावका लागि सरकारको तयारी तीव्र : कांग्रेसको निर्णयपछि एमाले पनि दबाबमा |

काठमाडौं / निर्वाचन आयोगले जरिवाना नतिर्ने प्रदेश सभाका २६३ उम्मेदवारको सूची सार्वजनिक गरेको छ। स्थानीय तहको चुनावमा निर्वाचन खर्च विवरण नबुझाउने उम्मेदवारलाई आयोगले जरिवाना तोकेको थियो ।

जरिवाना नबुझाएमा आगामी निर्वाचनमा उम्मेदवार हुन नपाउने आयोगले निर्णय गरेको थियो।तथापि, उनीहरू विभिन्न राजनीतिक दलबाट आगामी प्रदेश सभा निर्वाचनमा समानुपातिक उम्मेदवार बनेका छन्। उनीहरूलाई आयोगले आगामी कात्तिक ५ गतेभित्र जरिवाना बुझाउन समय दिएको छ ।

तोकिएको समयभित्र जरिवाना नबुझाएमा उम्मेदवारी खारेज गरिने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । यसरी जरिवाना नबुझाउने उम्मेदवारको संख्या सातै प्रदेशमा २६३ रहेको छ । जसमा प्रदेश १ मा ३६, मधेश प्रदेशमा ६८, बागमती प्रदेशमा ४२, गण्डकी प्रदेशमा २०, लुम्बिनी प्रदेशमा ६१, कर्णाली प्रदेशमा १५ र सुदूरपश्चिम प्रदेशमा २१ जना उम्मेदवार छन्। उनीहरू सबै समानुपातिकतर्फका उम्मेदवार हुन्।

प्रतिक्रिया

सम्बन्धित खवर