तर, अहिले राजनीतिक दलहरुले घरदैलो कार्यक्रम गर्ने क्रममा निर्वाचन आचारसंहिता उल्लंघन गरेको थुप्रै उजुरी आइरहेको पनि आयुक्त भण्डारीले जानकारी दिए । उनका अनुसार आयोगमा परेका उजुरीको अनुसन्धान सुक्ष्म रुपमा भइरहेको र कठोर भएर कारबाही गरिन्छ ।
उनले भने, ‘घरदैलो सन्दर्भमा तामझाम गरेर गएको उजुरी आएका छन् । उजुरीमा भोजभतेर गर्न पनि सुरु भएको भनिएको छ । उजुरीको सुक्ष्म ढंगले अध्ययन गरिरहेका छौँ । दर्जनौँ स्पष्टीकरण पनि सोधिरहेका छौं । उजुरीहरु स्थानीयस्तरका निर्वाचन अधिकृतहरूबाट कारबाही भयो भने ठीकै छ । यदि त्यहाँबाट पनि कारबाही भएन भने आयोगले कठोर भएर कारबाही गर्नेछ ।’





