युनिकोड    राशिफल    एफएम रेडियाे                        

धनगढी /जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी १६ वर्षपछि पक्राउ परेका छन् । कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर २ गणेशपुर बस्ने ४९ वर्षीय प्रेम चौधरीलाई पक्राउ परेका हुन् ।

२०६३/१०/२५ गते जबरजस्ती करणी गरी फरार भएका चौधरीलाई जिल्ला अदालत बर्दियाको मिति २०६८/०३/०९ गतेको आदेशले ६ वर्ष कैद सजाय सुनाएको थियो।

ईलाका प्रहरी कार्यालय लम्कीले उनलाई २०७९/०६/३० गते गणेशपुरबाटै पक्राउ गरेको बताएको छ। उनलाई पक्राउ गरी जिल्ला अदालत कैलालीमा बुझाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर