युनिकोड    राशिफल    एफएम रेडियाे                        

जंग रावल/बाजुरा — बाजुराको बडिमालिका नगरपालिकाको आर्थिक सहयोग र समाज सुधार युवा क्लवको आयोजनामा कार्तिक ३ गते देखि ५ गते सम्म मेयर कप फुडबल प्रतियोगिता हुने भएको छ ।  खेलकुद क्षेत्रको विकास र शुभदिपावलीको अवसरमा मेयर कप फुडबल प्रतियोगिताको आयोजना गरेको समाज सुधारयुवा क्लवका अध्यक्ष प्रेम नेपालीले बताएका छन ।

समाज सुधार युवा क्लवको आयोजनामा बडिमालिका नगरपालिकाले स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने नाराका साथ बडिमालिका नगरपालिकाले खेल बिकासको लागि आर्थिक सहयोग गर्ने भएको बडिमलिका नगरपालिका नगरप्रमुख अमर खड्काले बताएका छन ।

कार्तिक ३ देखि ५ गतेसम्म बाजुराको मेयर कप फुडबल प्रतियोगितामा बडिमालिका नगरपालिका भित्रका मात्र खेलाडी समावेश हुने पाउने र खेलाडीले टिम दर्ता कार्तिक २ गते बेलुका ५ बजेसम्म गरिसक्नु पर्ने आयोजक समाजसुधार युवा क्लबले बताएको छ ।

टिम दर्ता गर्दा रु ५ हजार र धरौटी रकम रु १० हजार फिर्ता हुने गरि तिर्नुपर्ने छ, खेलमा जम्मा खेलाडी १० ,जना १ जना वयवस्थापक र एक जना प्रशिक्षक गरि १२ जना समावेश हुन पाउने बताए । मेयर कप फुडबल प्रतियोगितामा प्रथम हुनेले एक लाख ११ हजार १ सय र दितिय पुरस्कार ५५ हजार ५ सय ५५ रुपैयाँ पाउने समाज सुधार युवा क्लबले जनाएको छ ।

गाउँ तथा नगरपालिकास्तरमा खेलकूदका गतिविधि बढाउन मेयर कपले सहयोग पुग्ने भएको आयोजक समाज सुधार युवा क्लबले बताएको छ । युवालाई खेल क्षेत्रमा आकर्षण बढाउन प्रतियोगिताले सकारात्मक सन्देश प्रवाह गर्ने भएकाले मेयर कप फुडबल प्रतियोगिता गर्ने भएको समाज सुधार युवा क्लबका अध्यक्ष प्रेम नेपालीले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर