युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
बडीमालिका–८ छाउपडी गोठमुक्त वडा घोषित | बाजुराको मार्तडीमा भीषण आगलागी | फरार कैदीबन्दी र लुटिएका हतियारले चुनाव बिथोल्न दिँदैनौं : गृहमन्त्री अर्याल | सशस्त्रका २३ डीएसपीको सरुवा, को कहाँ ? (सूचीसहित) | बाजुरा अस्पतालमा विशेषज्ञ चिकित्सक र उपकरणको व्यवस्था गर्न स्वास्थ्यमन्त्रीलाई थापाको माग | रास्वपा र विवेकशीलबीच आज एकता घोषणा हुँदै | कैलालीबाट बाजुराका एक किशोर छ दिन देखि बेपत्ता | लुम्बिनीले सुदूरपश्चिमलाई दियाे १ सय ४४ रनकाे लक्ष्य | नयाँ बसपार्कमा फेला परेको महिलाको हत्या पुष्टि, एकजना पक्राउ | रामजानकी विवाह महोत्सव : महोत्तरीको मटिहानीमा ‘मटकोर’को तयारी |

काठमाडौं — अहिलेको समयमा अधिकांश मानिसहरु सानोतिनो नगद रकमको आवश्यकता पर्दा बैंकको एटीएममा गएर तुरुन्तै निकालिहाल्छन् । ग्राहकहरुको सजिलोका लागि बैंकहरुले सहरहरुमा यत्रतत्र आफ्ना एटीएम मेसिनहरु राखेका हुन्छन् ।

बदलिँदो दुनिया र मानिसहरुको बढ्दो भ्रमणका कारण अब एटीएम मेसिनहरु केवल शहरमा मात्र सीमित छैनन्, गाउँगाउँ तथा पहाडसमेत चढिसकेका छन् । ४ हजार ६९३ मिटर उचाइँमा रहेको एउटा एटीएम मेसिन अहिले चर्चाको विषय बनिरहेको छ ।

अनौठो त के भने त्यो ठाउँमा बिजुलीको व्यवस्था छैन, तरपनि एटीएम मेसिन चलिरहेको हुन्छ । बरु सहरका एटीएम मेसिनमा बेला बेलामा नगद सकिएको हुन्छ र ग्राहकहरु रित्तै फर्किनुपर्दछ । तर यो एटीएम मेसिनमा कहिल्यैपनि नगद रित्तिएको हुँदैन । यो एटीएम मेसिन संसारको सबैभन्दा अग्लो भागमा रहेको एटीएम हो ।

यो किर्तिमानी एटीएम चीन र पाकिस्तानको सीमामा रहेको खुन्जेरब भन्ज्याङमा रहेको छ । पाकिस्तानको हिउँले ढाकिएको पहाडी क्षेत्र गिलगिट बाल्टिस्तानमा रहेको खुन्जेरब पासमा नेसनल बैंक अफ पार्कितानले सन् २०१६ मा उक्त एटीएम स्थापना गरेको हो । उक्त पहाडी क्षेत्रमा बिजुलीको लाइन पनि छैन । त्यसैले यो एटीएम वायु तथा सौर्यउर्जाबाट चल्दछ ।

यो एटीएम मेसिनको मर्मतमा बैंकले कुनै कसर बाँकी राख्दैन । यसको सबैभन्दा नजिकको बैंकको शाखा ८२ किलोमिटर टाढा छ । त्यहाँबाट कर्मचारीहरु यो एटीएममा पैसा भर्नका लागि आइरहन्छन् । यो एटीएमसम्म पुग्नका लागि तीव्र बतास, आँधी, हिमपहिरो तथा कठीन पहाडी मार्ग छिचोल्नु पर्दछ ।

गिनिज बुकमा नाम लेखाएको यो एटीएम कार्ड पाकिस्तानी बैंकले कुनै रमाइलो तथा लडहबाजीमा नाम राख्नमात्र बनाएको होइन । पाकिस्तानी सीमा सुरक्षा फौजका राष्ट्रसेवकहरुले आफ्नो तलब त्यहीँ एटीएम बाट निकाल्दछन् । सुरक्षा फौजका अतिरिक्त केही स्थानीय मानिसहरुले पनि उक्त एटीएम मेसिनको फाइदा लिएका छन् । एजेन्सीको सहयोगमा

प्रतिक्रिया

सम्बन्धित खवर