युनिकोड    राशिफल    एफएम रेडियाे                        

चितवन /पूर्वी चितवनको रत्ननगर नगरपालिका–१० मा रहेको युनाइटेड बेभरेज कम्पनीको पल्पी जुस उद्योगमा आगलागी भएको छ । आज बिहान ४ बजेदेखि लागेको आगो अझै नियन्त्रणमा आएको छैन ।

आगो निभाउन खैरहनीका दुई र भरतपुरको एउटा दमकल तथा एउटा डोजर प्रयोग गरिएको छ ।

उद्योगमा राखिएका ड्रम र कार्टुनमा आगलागी भइरहेको घटनास्थलमा रहेका पत्रकार सञ्जय चौधरीले जानकारी दिए ।

विद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर