काठमाडौं /नेकपा एमालेका नेता भीम रावलले नेकपा एमालेले समर्थन गरेका सबै उम्मेदवारका लागि मत माग्न नसक्ने बताएका छन् ।
बिहीबार पत्रकार सम्मेलन गरी उनले एमाले नेतृत्वले विगतमा एमालेकै विरोधी रहेकाहरुलाई समेत टिकट दिएको भन्दै उनीहरुका लागि मत माग्न नसक्ने बताए ।
रावलले देशभक्त, मार्क्सवादसँग प्रतिवद्ध र एमालेका लागि रगत पसिना बगाउने उम्मेदवारलाई मात्र सहयोग गर्ने बताए ।
‘जसको विरुद्धमा एमाले कार्यकर्ताले रगत बगाउनुपर्यो तिनका लागि मत माग्न सक्दिन’ उनले भने ।





