युवराज बडुवाल /आसन्न मङ्सिर ४ गते हुने संघ र प्रदेश सभा निर्वाचनको लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय बाजुराले उमेदवारहरूको अन्तिम नामवली सार्वजनिक गरेकाे छ ।
प्रतिनिधि सभामा ५ जना उमेदवार र प्रदेश सभा (क)मा ३ जना प्रदेश सभा (ख) मा ४ जना गरि जम्मा १२ जनाले प्रतिस्पर्धा गर्ने जिल्ला निर्वाचन कार्यालय प्रमुख नवराज अवस्थीले बताएका छन् ।
- प्रतिनिधि सभामा गठबन्धनको तर्फ बाट :
- नेपाली काँग्रेसका केन्द्रिय सह महामन्त्री ब्रदी प्रसाद पाण्डे
- नेकपा एमालेका नेकपा एमाले स्थायी कमिटि सदस्य कर्ण बहादुर थापा
- राष्ट्रिय प्रजातन्त्र पार्टीका जंग कुमार गिरी
- जनसमाजवादी नेपालको तर्फबाट राम बहादुर शाही
- टेक बहादुर बडुवाल स्वतन्त्रबाट प्रतिस्पर्धा गर्न भएका छन् ।
- प्रदेश सभा(क) मा गठबन्धनबाट
- नेकपा माओवादी केन्द्रका कर्ण बहादुर विक
- नेकपा एमालेका बल्देव रेग्मी
- नेकपा एकिकृत समाजवादि बाट नरेश कुमरा शाही रहेका छन् ।
- प्रदेश सभा(ख)मा गठबन्धनबाट
- नेपाली काँग्रेसका पदम बहादुर शाही
- नेकपा एमालेका लाल बहादुर थापा
- राष्ट्रिय प्रजातन्त्रबाट हिमाल बहादुर शाही
- स्वतन्त्रबाट जनक बहादुर रावल रहेका छन् ।








