युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
बाजुराको मार्तडीमा भीषण आगलागी | फरार कैदीबन्दी र लुटिएका हतियारले चुनाव बिथोल्न दिँदैनौं : गृहमन्त्री अर्याल | सशस्त्रका २३ डीएसपीको सरुवा, को कहाँ ? (सूचीसहित) | बाजुरा अस्पतालमा विशेषज्ञ चिकित्सक र उपकरणको व्यवस्था गर्न स्वास्थ्यमन्त्रीलाई थापाको माग | रास्वपा र विवेकशीलबीच आज एकता घोषणा हुँदै | कैलालीबाट बाजुराका एक किशोर छ दिन देखि बेपत्ता | लुम्बिनीले सुदूरपश्चिमलाई दियाे १ सय ४४ रनकाे लक्ष्य | नयाँ बसपार्कमा फेला परेको महिलाको हत्या पुष्टि, एकजना पक्राउ | रामजानकी विवाह महोत्सव : महोत्तरीको मटिहानीमा ‘मटकोर’को तयारी | चुनावका लागि सरकारको तयारी तीव्र : कांग्रेसको निर्णयपछि एमाले पनि दबाबमा |

बाजुरा / बाजुरामा पुजा गर्ने समयमा मन्दिर पसेको भन्दै एकजना दलितलाइ कुटेकाे अभियाेगमा त्रिवेणी नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष जुद्ध बहादुर अयडी पक्राउ परेका छन। अध्यक्ष जुद्ध ऐडी लगायतको समुहले मंगलबार नाट्यश्वरी मन्दिरमा नवरात्री बस्न गएको समयमा हातपात गर्नुका साथै आफूसंंग भएको नगद ६० हजार पनि खाेसेर लगेकाे  पीडित सुनारले बताएका छन ।

नवरात्री बस्न भनेर पुख्र्यौली ठेगाना बाजुराको बुढिगंगा नगरपालिका वडा नम्बर ५ नुवाघर घर भइ हाल कञ्चनपुर बस्दै आएका टेकेन्द्र सुनारलाई त्रिवेणी नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष जुद्ध बहादुर अयडीको समुहले आफूहरु पुजा गरिरहेको स्थलमै आउन मिल्दैन भन्दै डुम शब्द प्रयोग गरी जातिय विभेद गर्दै कुटपीट र लुटपाट गरेको पिडित टेकेन्द्र सुनारले बताए ।

वडा नम्बर ७ का वडा अध्यक्ष जुद्ध ऐडी र मन्दिरका पूजारी रङग उपाध्याय विरुद्ध पीडित सुनारले बडिमालिका प्रहरी चौकी पैमामा जातिय विभेद र लुटपाट सम्बन्धी जाहेरी दिए पछी वड अध्यक्षलाइ साेधपुछका लागि जिल्लामा ल्याइसकेकाे र बाकी दुइ जना फरार रहकाे जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमख प्रहरी नायव उपिरक्षक सुर्य थापाले बताए ।

घटनाको बारेमा अनुसन्धान भइृरहेकाे प्रहरी प्रमुख थापाकाे भनाइ रहेकाे छ ।  घाइते  सुनारको आँखा कान नाक र पीठ्युमा ठुलो चोट लागेको प्रहरी प्रमुख थापाकाे भनाइ रहेकाे छ  ।

प्रतिक्रिया

सम्बन्धित खवर