युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
बाजुराको मार्तडीमा भीषण आगलागी | फरार कैदीबन्दी र लुटिएका हतियारले चुनाव बिथोल्न दिँदैनौं : गृहमन्त्री अर्याल | सशस्त्रका २३ डीएसपीको सरुवा, को कहाँ ? (सूचीसहित) | बाजुरा अस्पतालमा विशेषज्ञ चिकित्सक र उपकरणको व्यवस्था गर्न स्वास्थ्यमन्त्रीलाई थापाको माग | रास्वपा र विवेकशीलबीच आज एकता घोषणा हुँदै | कैलालीबाट बाजुराका एक किशोर छ दिन देखि बेपत्ता | लुम्बिनीले सुदूरपश्चिमलाई दियाे १ सय ४४ रनकाे लक्ष्य | नयाँ बसपार्कमा फेला परेको महिलाको हत्या पुष्टि, एकजना पक्राउ | रामजानकी विवाह महोत्सव : महोत्तरीको मटिहानीमा ‘मटकोर’को तयारी | चुनावका लागि सरकारको तयारी तीव्र : कांग्रेसको निर्णयपछि एमाले पनि दबाबमा |

काठमाडौं / ‘अवतार’ सिनेमा घरमा आएको १३ वर्षपछि पनि दर्शक पाण्डोरा ग्रहको आकर्षणबाट अझै चकित छन् । पुस १ गते संसारभर रिलिज हुने दोस्रो श्रृंखला ‘अवतार : द वे अफ वाटर’अघि डिज्नेले जेम्स क्यामरुन निर्देशित साइन्स फिक्सनलाई पुनः रिलिज गरेको थियो ।

नेपाली हलमा फिल्मले दुई दिनमा झण्डै २० लाख रुपैयाँ ग्रस कमाइ गरेको छ । पहिलो सप्ताहन्तमा फिल्मले उत्तर अमेरिकी बक्स अफिसमा १० मिलियन डलर र अन्तर्राष्ट्रिय बजारमा २०.५ मिलियन डलर कमायो । पहिलो सप्ताहन्त फिल्मले ३० मिलियन डलरको ओपनिङ गर्न सक्यो ।

सन् २००९ मा रिलिज भएको फिल्मले सर्वाधिक कमाउने फिल्मको कीर्तिमान राखेको छ । जसलाई अहिलेसम्म कुनै पनि फिल्मले उछिन्न सकेका छैनन् । रि-रिलिजको कमाइ पनि थपिएर अवतारको कुल कमाइ २.८५ बिलियन डलर पुगेको छ । पुनः प्रदर्शनले फिल्मको कमाइलाई अझै विस्तार गरेको छ ।

‘हामीले १३ वर्ष पुरानो फिल्मको कुरा गरिरहेका छौं, जसलाई मानिसले आफ्नै घरमा हेर्न सक्छन्’ कमस्कोरका वरिष्ठ मिडिया अधिकृत पौल डेग्राबेडियन भन्छन्, ‘अवतारले हामीलाई पाण्डोराको दृश्य कति मिजासिलो र आकर्षक छ भन्ने कुराको पुनः बोध गराउँछ ।’

उत्तर अमेरिकामा चाहिं अवतार अन्य दुई फिल्मभन्दा पछि छ । ‘डन्ट वरी डार्लिङ’ १९.२ मिलियन डलर र भायोला डेभिस स्टारर ‘द वुमन किङ’ ११ मिलियन डलरसहित पहिलो र दोस्रो स्थानमा छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर