युनिकोड    राशिफल    एफएम रेडियाे                        

बैतडी/ बैतडीको एक घरमा आगलागी भएको छ। जिल्लाको मेलौली नगरपालिका वडा नं ८ कोटीगाउँ हल्दोडाका कृष्णसिंह बिष्टको घरमा बिहीबार राति आगलागी भएको हो।

रातिको समयमा चुल्होबाट सल्केको आगोले घरभित्र रहेका लत्ताकपडा, अन्न लगायत जलेर नष्ट हुँदा ८७ हजार बराबरको क्षति भएको स्थानीय दिपेन्द्रसिंह सुतारले बताए। आगलागी भएको ३ घण्टापछि स्थानीयहरुको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर