युनिकोड    राशिफल    एफएम रेडियाे                        

काठमाडौं / सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्रीसहित ३ मन्त्रीले सपथ ग्रहण गरेका छन् । शुक्रबार साँझा मुख्यमन्त्रीमा नवनियुक्त कमलबहादुर शाहसँगै दुई मन्त्रीले प्रदेश प्रमुख देवराज जोशीबाट शपथ ग्रहण गरेका हुन् ।

मुख्यमन्त्री र दुई मन्त्रीको सपथसँगै ३ सदस्यीय मन्त्रिमण्डल गठन भएको छ । मन्त्री बन्नेहरुमा नेपाली कांग्रेसबाट प्रकाश देउवा र एकीकृत समाजवादीबाट नरेशकुमार शाही रहेका छन् ।

मन्त्री बनेका देउवाले भौतिक पूर्वाधार मन्त्रालय र शाहीले आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी पाएका छन् । कांग्रेस सभापति शेरबहादुर देउवाका भतिजा समेत रहेका प्रकाश कैलाली क्षेत्र नं. ५ (२) बाट निर्वाचित प्रदेश सांसद हुन् भने शाही बाजुरा निर्वाचन क्षेत्र १ बाट निर्वाचित भएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर