युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
बडीमालिका–८ छाउपडी गोठमुक्त वडा घोषित | बाजुराको मार्तडीमा भीषण आगलागी | फरार कैदीबन्दी र लुटिएका हतियारले चुनाव बिथोल्न दिँदैनौं : गृहमन्त्री अर्याल | सशस्त्रका २३ डीएसपीको सरुवा, को कहाँ ? (सूचीसहित) | बाजुरा अस्पतालमा विशेषज्ञ चिकित्सक र उपकरणको व्यवस्था गर्न स्वास्थ्यमन्त्रीलाई थापाको माग | रास्वपा र विवेकशीलबीच आज एकता घोषणा हुँदै | कैलालीबाट बाजुराका एक किशोर छ दिन देखि बेपत्ता | लुम्बिनीले सुदूरपश्चिमलाई दियाे १ सय ४४ रनकाे लक्ष्य | नयाँ बसपार्कमा फेला परेको महिलाको हत्या पुष्टि, एकजना पक्राउ | रामजानकी विवाह महोत्सव : महोत्तरीको मटिहानीमा ‘मटकोर’को तयारी |

काठमाडौं / उपप्रधानमन्त्री एवं उर्जा जलस्रोत तथा सिंचाई मन्त्री राजेन्द्र लिङ्देन र नेपालका लागि युरोपियन युनियनका राजदूत नोना डिप्रेजबीच भेटवार्ता भएको छ ।

बिहीबार मन्त्रालय पुगेकी डिप्रेजले नविकरणीय उर्जा क्षेत्रमा पुर्‍याउँदै आएको सहयोगको प्रशंसा गरिन् ।

उपप्रधानमन्त्री लिङ्देनले विद्युत उत्पादन, प्रशारण र बजारिकरणलाई प्राथमिकतामा राखेर आफूले काम गर्न चाहिरहेको उल्लेख गर्दै हरीत ग्यास उत्पादनको विषयमा पनि गृहकार्य भइरहेको बताए ।

हरित ग्यास उत्पादनको सम्भाव्यता अध्ययन र नीति निर्माणमा छलफलमा रहेको बताउँदै लिङ्देनले भने निजी लगानीकर्तासँग सहकार्य गर्ने विषयमा समेत छलफल भइरहेको छ ।

छिमेकी राष्ट्रलाई विद्युत निर्यात गर्ने विषयमा राजदूत डिप्रेजको जिज्ञासामा उपप्रधानमन्त्री लिङ्देनले बंगलादेशसँगको सम्झौता प्रक्रियामा रहेको बताउँदै भविष्यमा ठूलो मात्रामा विद्युत निर्यात गर्ने गरी व्यापार सम्झौता हुने बताए।

उपप्रधानमन्त्री लिङ्देनले अन्तरदेशीय प्रशारण ट्रान्समिसन लाइन र अन्य विदेशी मुलुकसँगको व्यापारका लागि समानान्तर रुपले ट्रान्समिसन लाइन विस्तार गरिने बताए । लिङ्देन र राजदूत नोनाबीच आपसी सहयोग र चासोका विविध विषयमा समेत छलफल भएको उर्जामन्त्रीका प्रेस संयोजक रञ्जित प्रसाईंले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर