युनिकोड    राशिफल    एफएम रेडियाे                        

धनगढी/ कैलालीमा लागु औषधसहित ३ जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले धनगढी उपमहानगरपालिका वडा नम्बर-८ का २२ वर्षीय सिरु राना र १७ वर्षीय हिमाल रानालाई पक्राउ गरेको हो।

शंका लागी चेक जाँच गर्दा उनीहरुको साथबाट ९ ग्राम ४५० मिलिग्राम लागुऔषध ब्राउन सुगर फेला परेको प्रहरीले बताएको छ। त्यस्तै बुधवार वेलुकी टिकापुरबाट एकजना पक्राउ परेका छन्। ईलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरी गस्ती टोलीले जिल्ला कैलाली टिकापुर नगरपालीका वडा नम्बर १ का १९ वर्षीय प्रमोद बराललाई पक्राउ गरेको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर