युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
राष्ट्रियसभा निर्वाचन कार्यतालिका सार्वजनिक, पुस २३ गते मनोनयन दर्ता | राेहित पाैडेल बने ओडीआईमा २ हजार रन पूरा गर्ने पहिलाे नेपाली खेलाडी | एसईई २०८३ मा समावेश हुनका लागि आजदेखि आवेदन खुला | जेनजी आन्दोलनमा ६ हजार राहदानी जले : अहिले दैनिक पाँच हजार राहदानीको माग | निर्वाचनको वातावरण बनाउन सातै मुख्यमन्त्री तयार | हर्क साम्पाङ नेतृत्वको पार्टीले आधिकारिकता पाउँदै | बस दुर्घटनामा परी घाइते भएका एककाे उपचारका क्रममा मृत्यु | ओलीको स्पष्ट अडान: एकीकृत समाजवादीका असन्तुष्ट समूहसँग एकता नहुने | आजदेखि सरकारी कार्यालयको समय घटाइयो: बिहान १० देखि दिउँसो ४ बजे | आजदेखि छठ पर्व सुरु, पहिलो दिन ‘नहाय, खाय’ |

काठमाडौँ / नेकपा माओवादी केन्द्रले पूर्वसभामुख अग्निप्रसाद सापकोटालाई उपाध्यक्ष बनाएको छ। बुधबार जारी सर्कुलरमा हालैको स्थायी समिति बैठकले सापकोटालाई उपाध्यक्षमा बढुवा गरिएको हो। उनीसँगै उपमहासचिव पम्फा भुसाल पनि उपाध्यक्षमा बढुवा भएकी छन्।

यससँगै माओवादीमा उपाध्यक्षको संख्या तीन पुगेको छ। वरिष्ठ उपाध्यक्षमा भने नारायणकाजी श्रेष्ठ रहेका छन्।

पम्फा उपाध्यक्ष पदमा बढुवा भएपछि उमहासचिवको संख्या ६ मा झरेको छ। यसअघि माओवादीको उपमहासचिवमा पम्फासँगै गिरिराजमणि पोखरेल, वर्षमान पुन, हरिबोल गजुरेल, जनार्दन शर्मा, शक्ति बस्नेत र मातृका यादव रहेका थिए।

यस्तै, सचिवमा गणेश साह, दीनानाथ शर्मा, चक्रपाणि खनाल, देवेन्द्र पौडेल, लीलामणि पोखरेल, हितराज पाण्डे, हितमान शाक्य, राम कार्की र डिलाराम आचार्य रहेका छन्। अब माओवादीमा पदाधिकारीको संख्या २२ पुगेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर