युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
बडीमालिका–८ छाउपडी गोठमुक्त वडा घोषित | बाजुराको मार्तडीमा भीषण आगलागी | फरार कैदीबन्दी र लुटिएका हतियारले चुनाव बिथोल्न दिँदैनौं : गृहमन्त्री अर्याल | सशस्त्रका २३ डीएसपीको सरुवा, को कहाँ ? (सूचीसहित) | बाजुरा अस्पतालमा विशेषज्ञ चिकित्सक र उपकरणको व्यवस्था गर्न स्वास्थ्यमन्त्रीलाई थापाको माग | रास्वपा र विवेकशीलबीच आज एकता घोषणा हुँदै | कैलालीबाट बाजुराका एक किशोर छ दिन देखि बेपत्ता | लुम्बिनीले सुदूरपश्चिमलाई दियाे १ सय ४४ रनकाे लक्ष्य | नयाँ बसपार्कमा फेला परेको महिलाको हत्या पुष्टि, एकजना पक्राउ | रामजानकी विवाह महोत्सव : महोत्तरीको मटिहानीमा ‘मटकोर’को तयारी |

एक महिना नबित्दै सुदूरपश्चिम सरकारलाई विश्वासको मत नदिने निर्णय किन गर्नुभयो ?

हामीले सुरुदेखि नै रेशम चौधरीलगायत टीकापुर घटनासँग जोडेर जेलमा राखिएका र मुद्दा चलाइएका राजबन्दीको रिहाइ र मुद्दा फिर्ताको माग उठाइरहेका छौँ, तर आश्वासन मात्रै भयो । न्याय निरुपण त कहाँ हो कहाँ, खालि यसलाई राजनीतिक लेनदेनको विषय मात्रै बनाइयो । लेनदेन गर्न हामी सट्टेबाज त होइन नि १ हामीले त न्याय खोजेका हौँ । त्यसैले हाम्रा माग सम्बोधन नभएसम्म विश्वासको मत नदिने निष्कर्षमा पुगेका हौँ । आज गरेको निर्णय पनि यही हो ।

तपाईंहरूले मत नदिँदा त सरकार नै ढल्ने अवस्थामा पुग्छ नि ?
हाम्रा लागि माग प्राथमिकतामा छ । जहिले रिहा गर्नुहुन्छ, त्यही दिन सरकार बनाउँला । बुधबार एक दिन समय बाँकी छ । रिहा गरियो भने मत दिन्छौँ । तत्काल रिहा गर्ने अवस्था छैन भन्नुभयो भने जहिले हुन्छ, त्यही दिन मत दिन्छौँ । अब जेलको ढोका नखुलेसम्म सुदूरपश्चिममा सरकारको ढोका खुल्दैन ।

सरकारलाई समर्थन दिने वेलामा भएको सहमतिचाहिँ के हो ?
माघ १ गते थारूहरूको ठूलो पर्व माघीकै दिन उपहारस्वरूप रिहा गर्छौँ भनेर आश्वस्त पारिएको थियो । त्यही विश्वासमा हामीले केन्द्रदेखि प्रदेशसम्म समर्थन गरेकै हो । तर, माघ सकिन लाग्दा पनि अझै सम्बोधन हुने छाँट देखिएन । त्यसैले यो निर्णयमा पुगेका हौँ ।

प्रतिक्रिया

सम्बन्धित खवर