युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
बडीमालिका–८ छाउपडी गोठमुक्त वडा घोषित | बाजुराको मार्तडीमा भीषण आगलागी | फरार कैदीबन्दी र लुटिएका हतियारले चुनाव बिथोल्न दिँदैनौं : गृहमन्त्री अर्याल | सशस्त्रका २३ डीएसपीको सरुवा, को कहाँ ? (सूचीसहित) | बाजुरा अस्पतालमा विशेषज्ञ चिकित्सक र उपकरणको व्यवस्था गर्न स्वास्थ्यमन्त्रीलाई थापाको माग | रास्वपा र विवेकशीलबीच आज एकता घोषणा हुँदै | कैलालीबाट बाजुराका एक किशोर छ दिन देखि बेपत्ता | लुम्बिनीले सुदूरपश्चिमलाई दियाे १ सय ४४ रनकाे लक्ष्य | नयाँ बसपार्कमा फेला परेको महिलाको हत्या पुष्टि, एकजना पक्राउ | रामजानकी विवाह महोत्सव : महोत्तरीको मटिहानीमा ‘मटकोर’को तयारी |

धनगढी / नागरिक उन्मुक्तिका सुदूरपश्चिम प्रदेश सभा सदस्यहरु कारागार पुगेका छन्। उनीहरु पार्टीका संरक्षक रेशम चौधरीसँग छलफल गर्न डिल्लीबजार कारागार पुगेका हुन्। सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्रसिँह रावललाई विश्वासको मत दिने वा नदिने भन्ने विषयमा छलफलका लागि उनीहरु कारागार पुगेका हुन।

नागरिक उन्मुक्ति पार्टीले आज (मंगलवार) निर्णय गर्ने भएको हो। सुदूपश्चिम प्रदेशमा नागरिक उन्मुक्तिका सात जना प्रदेश सभा सदस्यहरु छन्। नागरिक उन्मुक्तिका एक नेताका अनुसार रेशम चौधरीसँग प्रदेश सभा सदस्यहरुले ‘पावर शेयरिङ’का विषयमा छलफल गर्ने भएका हुन्। गत माघ २७ गते नियुक्त भएका सुदूरपश्चिमका मुख्यमन्त्री रावलले बुधवार प्रदेश सभाबाट विश्वासको मत लिने भएका छन्। नागरिक उन्मुक्ति पार्टीले निर्णय गर्न नसकेकाले मुख्यमन्त्री रावल संकटमा छन्।

माओवादी र नागरिक उन्मुक्तिले ३/३ मन्त्रालय दाबी गर्दै आएको छ। तर, दुबैलाई २/२ मन्त्रालय र नागरिक उन्मुक्तिलाई प्रदेश प्रमुखसमेत दिने तयारी थालिएको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर