युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
बाजुराको मार्तडीमा भीषण आगलागी | फरार कैदीबन्दी र लुटिएका हतियारले चुनाव बिथोल्न दिँदैनौं : गृहमन्त्री अर्याल | सशस्त्रका २३ डीएसपीको सरुवा, को कहाँ ? (सूचीसहित) | बाजुरा अस्पतालमा विशेषज्ञ चिकित्सक र उपकरणको व्यवस्था गर्न स्वास्थ्यमन्त्रीलाई थापाको माग | रास्वपा र विवेकशीलबीच आज एकता घोषणा हुँदै | कैलालीबाट बाजुराका एक किशोर छ दिन देखि बेपत्ता | लुम्बिनीले सुदूरपश्चिमलाई दियाे १ सय ४४ रनकाे लक्ष्य | नयाँ बसपार्कमा फेला परेको महिलाको हत्या पुष्टि, एकजना पक्राउ | रामजानकी विवाह महोत्सव : महोत्तरीको मटिहानीमा ‘मटकोर’को तयारी | चुनावका लागि सरकारको तयारी तीव्र : कांग्रेसको निर्णयपछि एमाले पनि दबाबमा |

घरमा आगालागी हुँदा एक बालिकाको जलेर मृत्यु भएको छ । चन्दननाथ नगरपालिका— १ ठिन्केमा स्थानीय लोकबहादुर भण्डारीको घरमा आगलागी भएको हो । गएराति करिब साढे १० भएको आगलागीका कारण उनकी १४ वर्षीया छोरी वन्दना भण्डारीको जलेर मृत्यु भएको हो ।

आगलागीबाट भण्डारीको ३ कोठे घर जलेर पूर्णरुपमा क्षतिग्रस्त भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धर्मराज जोशीले जानकारी दिए । उनका अनुसार ३ तले घरमा भण्डारी परिवारका ७ जना सुतेका थिए । आगलागी भएको चाल पाउँदा अरू सबै घरबाहिर निस्कन सफल भएकोमा ती किशोरी भने बाहिर निस्कन नपाई आगोमा फसेकी थिइन् । उनी घरको तेस्रो तलमा सुतेका कारण निस्कन नपाएर आगोमा जलेको प्रहरीको भनाइ छ ।

ढुङ्गा र काठबाट बनेको घरको छाना चाहिँ टिनको थियो । तर पनि आगोले जलेर भग्न भएको छ । आगो घरको दोस्रो तलाबाट लागेको बताइएको छ । रातिको समय भएकाले सबै सुतिसकेपछि आगो लाग्दा बेलैमा आगो निभाउन समेत नसकिएको स्थानीयले बताए । घरमुली लोकबहादुरको खुट्टामा समेत केही जलेर घाइते भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर