युनिकोड    राशिफल    एफएम रेडियाे                        

काठमाडौँ / टर्कीमा दश घण्टाभित्र गएका तीनवटा शक्तिशाली भूकम्पमा परी कम्तीमा ३ हजार ५ सय जनाको मृत्यु भएको छ । टर्की र सिरियाको सीमा क्षेत्रमा सोमबार गएको भूकम्पमा परी ज्यान गुमाउनेको संख्या अझै बढ्नसक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

भूकम्पले २ हजार ८ सय भन्दा धेरै भवनमा क्षति पुगेको विपद् व्यवस्थापन तथा इएमआरले जनाएको छ । त्यस्तै विपद् व्यवस्थापन प्राधिकरणले खोजी तथा उद्धार कार्य जारी रहेको पनि उल्लेख गरेको छ ।

स्थानीय समय अनुसार सोमबार बिहान ४ः१७ बजे दक्षिणी प्रान्त कहरामनमारासमा ७।७ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यसको केही मिनेटपछि देशको दक्षिणी प्रान्त गाजियन्टेपमा ६.४ र दिउँसो १ः२४ मा ७।६ म्याग्निच्युडको भूकम्प गएको थियो ।

टर्किस रेड क्रिसेन्ट र एएफएडीबाट उद्धार टोलीहरू भूकम्पग्रस्त क्षेत्रमा पठाइएको थियो । प्राधिकरणले  नौ हजार ८९६ खोज एवं उद्धार कर्मचारी र २१६ सवारी साधन विपद् प्रभावित क्षेत्रहरूमा पठाइएको बताएको छ ।

टर्की सेनाले पनि इस्तानबुल, अङ्कारा र इज्मिर प्रान्तबाट १८ वटा विमानसहित कर्मचारीहरू पठाएको सैन्य विज्ञप्तिमा उल्लेख गरिएको छ । यसैबीच टर्कीको रक्षा मन्त्रालयले खोज र उद्धार  कार्यलाई सक्षम र व्यवस्थित बनाउन विभिन्न स्थानमा हवाई करिडोर स्थापना गरेको छ ।

भूकम्पबाट प्रभावित अधिकांश प्रान्तमा माइनस १० डिग्री सेल्सियस तापक्रम भएकाले हिमपहिरोका कारण खोज तथा उद्धार कार्यमा कठिनाइ भएको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर