युनिकोड    राशिफल    एफएम रेडियाे                        

सौन्दर्य प्रतियोगिताका नाममा नाबालिगलाई जबर्जस्तीकरणी गरेको आरोप लागेका मनोज पाण्डे (मनोजकुमार जैसी)लाई मानव बेचबिखन मुद्दामा ७ वर्षको कैद सजाय सुनाइएको छ ।

काठमाडौं जिल्ला अदालतका जिल्ला न्यायाधीश दीपक ढकालको इजलासले पाण्डेलाई ७ वर्षको कैद सजायसहित ७५ हजार क्षतिपूर्ति दिनुपर्ने फैसला सुनाएको हो ।

यसअघि माघ १० गते काठमाडौं जिल्ला अदालतले पाण्डेलाई बालयौन दुरुपयोग र मानव बेचबिखन मुद्दामा दोषी ठहर गरेको थियो  ।

सन् २०१४ मा भएको ‘मिस ग्लोबल इन्टरनेसनल’ प्रतियोगितामा सहभागी भएकी एक किशोरीलाई पाण्डेले होटलमा बोलाएर जबर्जस्तीकरणी गरेको भन्दै पीडितले सामाजिक सञ्जालबाट उक्त घटना सार्वजनिक गरेकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर