युनिकोड    राशिफल    एफएम रेडियाे                        

काठमाडौँ /प्रधानमन्त्री पुष्पकमल दाहालले बोलाएको संसदमा प्रतिनिधित्व गर्ने दलहरुबीच नागरिकता विधेयक लगायत विधेयकहरु संसदमा लैजानेबारे समझदारी भएको छ ।

आज राजनीतिक दलका नेता तथा सचेतकहरुसँग प्रधानमन्त्री निवास बालुवाटारमा संसदमा बिजनेस सुरु गर्नेबारे छलफल भएको थियो । सो बैठकमा संक्रमणकालीन न्याय, विकास तथा सुशासनसँग सम्बन्धित विधेयक, शिक्षा, स्वास्थ्य तथा नागरिकता सम्बन्धी विधेयकहरू संसदमा लैजानबारे समझदारी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

सदनलाई कसरी व्यवस्थित बनाउने भन्ने बारे राय तथा सुझाव माग्न प्रधानमन्त्री पुष्पकमल दाहालले उक्त बैठक बोलाएका थिए । बैठकमा मुख्यसचिव, कानुन सचिव, तथा स्वतन्त्र सांसदहरु समेत सहभागी थिए ।

अघिल्लो प्रतिनिधिसभाको कार्यकाल सकिँदा यसअघि नै तयार भइसकेका २७ वटा विधेयक निष्क्रिय थिए । तिनै विधेयक यस नयाँ संसद्‌मा पेस गर्दै अगाडि बढाइने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर