युनिकोड    राशिफल    एफएम रेडियाे                        

काठमाडौं / राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई बिशेष सम्बोधन गर्ने भएकी छन्।

राष्ट्रपतिको कार्यकाल सकिन लाग्दा राष्ट्रपति भण्डारीले दुबै संसदलाई संयुक्त रुपमा विशेष सम्वोधन गर्ने भएकी हुन्। उनको उक्त सम्बोधनलाई बिदाई सम्बोधनका रुपमा हेरिएको छ। निर्वाचन आयोगले आगामी फागुन २५ गते राष्ट्रपतिको निर्वाचन गर्ने घोषणा गरेकाले यसलाई बिदाई सम्वोधन भनिएको हो।

राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार नेपालको संविधानको धारा ९५ बमोजिम माघ २७ गते दिउँसो ३ बजे बस्ने बैठकलाई राष्ट्रपति भण्डारीले सम्बोधन गर्नेछिन। आगामी फागुन २५ गते नयाँ राष्ट्रपतिका लागि  निर्वाचन हुनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर