युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
राष्ट्रियसभा निर्वाचन कार्यतालिका सार्वजनिक, पुस २३ गते मनोनयन दर्ता | राेहित पाैडेल बने ओडीआईमा २ हजार रन पूरा गर्ने पहिलाे नेपाली खेलाडी | एसईई २०८३ मा समावेश हुनका लागि आजदेखि आवेदन खुला | जेनजी आन्दोलनमा ६ हजार राहदानी जले : अहिले दैनिक पाँच हजार राहदानीको माग | निर्वाचनको वातावरण बनाउन सातै मुख्यमन्त्री तयार | हर्क साम्पाङ नेतृत्वको पार्टीले आधिकारिकता पाउँदै | बस दुर्घटनामा परी घाइते भएका एककाे उपचारका क्रममा मृत्यु | ओलीको स्पष्ट अडान: एकीकृत समाजवादीका असन्तुष्ट समूहसँग एकता नहुने | आजदेखि सरकारी कार्यालयको समय घटाइयो: बिहान १० देखि दिउँसो ४ बजे | आजदेखि छठ पर्व सुरु, पहिलो दिन ‘नहाय, खाय’ |

पाकिस्तानी विकेटकिपर ब्याटर मोहम्मद रिजवानले नेपाल आएर सन्दीप लामिछानेसहितका राष्ट्रिय क्रिकेटरहरुसँग भेटेका छन् ।

आइतबार बेलुकी नेपाल आइपुगेका उनले आज सोमबार बिहान राष्ट्रिय क्रिकेट टिमका खेलाडीलाई भेटेका हुन् । ‘हामीले बिहान रिजवानसँग भेट गरेका छौं,’ एक खेलाडीले भने ।

आइतबार नै बेलुकी रिजवानले नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्दलाई भेट्दै नेपाली क्रिकेटका बारेमा छलफल गरेका थिए ।

आफूहरुबीच निकै छोटो अनौपचारिक भेट भएको अध्यक्ष चन्दले अनलाइनखबरलाई जानकारी दिएका हुन् ।

रिजवानले नेपाली लेग स्पिनर सन्दीप लामिछानेलाई भेट्ने मनासाय आफूसँग राखेको चन्दले बताए । ‘सन्दीप बाहिर जान नपाउने भएकाले उनलाई भेट्न आएको रिजवानले बताएका थिए’, चन्दले भने ।

बलात्कार आरोप लागेका सन्दीप विदेश जान नपाउने शर्तसहित अदालतको आदेशमा धरौटीमा छुटेका छन् र उनलाई क्यानले राष्ट्रिय टिममा समावेश गरेका छ । जसको सर्वत्र आलोचना भइरहेको छ ।

निक्कै छोटो समयका लागि नेपाल आएका रिजवान आजै १२ बजे फर्किएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर