युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
बाजुराको मार्तडीमा भीषण आगलागी | फरार कैदीबन्दी र लुटिएका हतियारले चुनाव बिथोल्न दिँदैनौं : गृहमन्त्री अर्याल | सशस्त्रका २३ डीएसपीको सरुवा, को कहाँ ? (सूचीसहित) | बाजुरा अस्पतालमा विशेषज्ञ चिकित्सक र उपकरणको व्यवस्था गर्न स्वास्थ्यमन्त्रीलाई थापाको माग | रास्वपा र विवेकशीलबीच आज एकता घोषणा हुँदै | कैलालीबाट बाजुराका एक किशोर छ दिन देखि बेपत्ता | लुम्बिनीले सुदूरपश्चिमलाई दियाे १ सय ४४ रनकाे लक्ष्य | नयाँ बसपार्कमा फेला परेको महिलाको हत्या पुष्टि, एकजना पक्राउ | रामजानकी विवाह महोत्सव : महोत्तरीको मटिहानीमा ‘मटकोर’को तयारी | चुनावका लागि सरकारको तयारी तीव्र : कांग्रेसको निर्णयपछि एमाले पनि दबाबमा |

बाजुरा / जिल्लाकाे खप्तड छेडेदह गाउँपालिका ४ मा रहेको खापरदेवस्थली माध्यामिक बिद्यालयमा भवन नहुँदा बिद्यार्थीकाे पठ्नपाठ्नमा समस्या भएको छ । बिद्यार्थीको सङख्या धेरै भवन सानाे भएपछी दुई कक्षाका बिद्यार्थीलाई एउटै कक्षामा राखेर पढाउनु बाध्यता भएको प्रधानाध्यापक चन्द्र बहादुर थापाले बताएका छन् ।

प्रधानाध्यापक थापाले भने एउटै कक्षामा बिद्यार्थी धेरै भएको र सेक्सन छुट्याउनका लागी थप कक्षाकोठा नभएकाले पढाउन समस्या भएको बताए । बिद्यालयमा अहिले केहि भवन नयाँ बने पनि केहि भवन भने पुराना जिर्ण अवस्थामा रहेका प्रधानाध्यापक थापाले बताएका छन् ।

यसले बिद्यार्थीकाे पढाइमा प्रतक्ष असर परेकाे छ । कक्षा ७ मा अध्यययनरत छात्रा कबिता धामी भन्छीन्  कक्षामा एक सय भन्दा धेरै बिद्यार्थीहरु छन्, एउटा बेन्चमा सात जना बसेर पढ्नुपर्ने अबस्था छ । कक्षामा धेरै बिद्यार्थीहरु भएकाेले हल्ला हुन्छ , सरले पढाएकाे पनि बुझीदैन् , यसले पढाई प्रभावकारी नभएको बताएकी छन् ।  बिद्यालयमा शैक्षिक सामाग्री समेत अपुग मात्रामा रहेका नि प्रधानाध्यापक धामीको भनाइ रहेको छ । कक्षा ११ मा अध्ययनरत छात्र प्रेम धामीले भने बिद्यालयमा पढ्नका लागी धेरै बिद्यार्थीहरु आएका भए पनि शैक्षिक सामाग्री अपुग मात्रामा रहेकाले पढाई प्रभावकारी नभएको बताए ।

उनले भने मेरो कक्षामा धेरै बिद्यार्थी छन् तर कक्षामा ह्वाइटबोर्ड समेत नभएको बताए । बिद्यालयमा टाढाटाढा बाट बढ्नका लागी बिद्यार्थीहरु आएपनि पढाईहुने कक्षाकोठामा शैक्षिक सामाग्रीहरुको प्रयाप्तता नभएको बिद्यार्थीहरुले गुनासो गरेका छन् ।

बिद्यालयको विकासका लागी विभिन्न सरकारी तथा गैरसरकारी संघ सस्थाहरुले धेरै सहयोग गर्दै आएका भएपनि सरकारले त्यति ध्यान नदिएको बिद्यालयले  जनाएको छ । कक्षा १२ सम्म पढाई हुने उक्त बिद्यालयमा जम्मा ६८० जना बिद्यार्थीहरु अध्ययन गरिरहेका छन् ।

हरेक बिद्यालयमा गुणस्तरिय शिक्षा प्रदान गराउने भने पनि बिद्यालयमा शैक्षिक सामाग्रीको उपलब्धता नभएकाले बालबालिकाको पढाईमा प्रतिकुल पर्न सक्ने भन्दै अभिभावकहरुले चिन्ता समेत व्यक्त गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर