युनिकोड    राशिफल    एफएम रेडियाे                        

काठमाडौं / प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएपछि सत्ता गठबन्धन फुटाउन कांग्रेसले विश्वासको मत दिएको भन्दै आशंका बढिरहेको छ ।

विश्वासको मत पश्चात कांग्रेस निरन्तर आन्तरिक छलफलमा समेत छ । नेताहरुले सार्वजनिक रुपमा दिएका अभिव्यक्ति सुन्दा पनि लाग्छ कांग्रेसले सत्ता शक्ति प्राप्तिलाई प्राथमिकतामा राखिरहेको छ ।

यसले सत्ता गठबन्धनको शक्ति सन्तुलन नै बिग्रिन पुगेको आशंका बढिरहेको छ ।

विश्वासको मतपछि कांग्रेसले सभामुख\उपसभामुख मध्ये कुनै एकमा भाग खोज्ने गरि कांग्रेसका आन्तरिक बैठकहरु हुन थालेका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीभित्र सभामुखमा माओवादी केन्द्रको सहयोग खोज्न सकिन्छ कि सकिदैन भन्ने विषयमा छलफल नै गरेका छन् ।

तत्कालीन नेकपामा पनि सभामुख\उपसभामुख पदमा एउटै दलले लिएको भन्दै कांग्रेसले संस्थागत रुपमै आवाज उठाउदै आएको थियो ।

अहिले कांग्रेसले यसरी नै प्रतिनिधिसभामा भाग खोज्ने तयारी थालेको विषयलाई विश्वासको मतपछि वरिष्ठ नेता रामचन्द्र पौडेलले दिएको अभिव्यक्तिलाई हेर्दा पनि केहि पुष्टी हुने आधार देखिन्छ ।

पौडेलले हाइज्याक भएको गठबन्धनलाइ फिर्ता ल्याउन कांग्रेसले विश्वासको मत दिएको बताएका थिए ।

प्रतिनिधिसभा सभामुखका लागि माघ ५ गते चुनाव हुँदैछ । प्रधानमन्त्रीमा सघाएका कारण कांग्रेसले पदाधीकारी बैठकबाट स्पष्ट रूपमा राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुखको निर्वाचनका विषयमा अन्य दलहरूसँग छलफल गर्ने निर्णय नै गरेको छ । यो जिम्मा देउवाले नै पाएका छन् ।

यता अर्का नेता डाक्टर शेखर कोइरालाले सत्ताको भागबण्डा नभएर पावर सेयरिङमा कांग्रेसले स्थान पाउनुपर्ने बताएका छन् ।

कांग्रेसले विश्वासको मत दिएपछि सत्तारुढ दल एमालेले असन्तुष्टी नै जनाएको थियो । त्यहि असन्तुष्टीलाई चिर्न प्रधानमन्त्री प्रचण्डले कांग्रेससँग त्यस्तो कुनै सहमति नभएको बताएका छन् । साझा प्रधानमन्त्रीको रुपमा आफू काम गर्न तयार रहेको बताएका प्रचण्डले दिएको स्पष्टीकरणले पनि कांग्रेसले सत्तामा बार्गेनिङ थालेको संकेत मिलेको छ ।

एमालेको आशंका, प्रधानमन्त्रीको स्पष्टीकरण र कांग्रेस शीर्ष नेताहरुको अभिव्यक्तिले सत्ता गठबन्धनमा भागबण्डा मिलाउन कठिन बन्दै गएको छ ।

कांग्रेसले राष्ट्रपति सभामुखमा लगायत पदमा माओवादी केन्द्रको साथ खोजेपछि प्रधानमन्त्री प्रचण्ड केहि समस्यामा पर्छन कि भन्ने आशंका समेत बढ्न थालेको छ । यद्यपी प्रधानमन्त्री प्रचण्ड एमाले अध्यक्ष केपी ओलीसँग निरन्तर सम्बादमा जुटेपनि निष्कर्ष निस्किन नसक्दा कांग्रेसको सत्ता आशक्ति र प्रधानमन्त्री प्रचण्डमाथिको दबाब प्रष्ट बुझ्न सकिन्छ । तर, यसले कस्तो रुप धारण गर्ला त्यो हेर्न भने केहि समय कुर्नै पर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर