युनिकोड    राशिफल    एफएम रेडियाे                        

धनगढी / सुदूरपश्चिममा ठुलो भूकम्प गराउने शक्ति जमिनमुनि सञ्चित भएर बसेको वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारीले बताएका छन्। पश्चिम क्षेत्रमा जुनसुकै समयमा पनि महाभूकम्पको खतरा छ। बाजुराको मौला आसपास क्षेत्रलाई कन्द्रबिन्दु बनाएर मंगलबार दिउँसो २ बजेर ४३ मिनेटमा ५ दशमलव ९ म्याग्निच्युडको भूकम्प गएको छ। घरहरु भत्काएका र केही हताहती भएको छ।

भारतको दिल्लीसम्म भूकम्पको धक्का महसुस गरिएको छ। ८ म्याग्निच्युट भन्दा ठूलो भूकम्पलाई महाभूकम्प भन्ने गरिन्छ। हरेक एक सय वर्षमा महाभूकम्प जाने गरेको वरिष्ठ भूकम्पविद् अधिकारी बताउँछन्। ‘वर्षौदेखि भूकम्पीय शक्ति जमिनमुखि जम्मा भएर बसेकाले जुनसुकै समयमा पनि जोखिम आउन सक्छ।’

गत कात्तिकमा डोटीमा केन्द्रविन्दु भएर ६ दशमलव ६ म्याग्निच्युडको भूकम्प गएको थियो। मंगलबार बाजुराको मौला क्षेत्र नजिकै केन्द्रविन्दु बनाएर भूकम्प भयो। दुवै ठाउँ नजिकै पर्छ। ‘ठूलो भूकम्प गराउने शक्ति जमिनमुनि सञ्चित भएर बसेको छ। सुदूरपश्चिम भूकम्पीय क्षेत्रमा छ। यस क्षेत्रमा पटक–पटक सुक्ष्म, साना, मध्यम, ठूलो र महाभूकम्प बेलाबेलामा आउने जोखिम सधैंभरि रहन्छ।

पूर्व–पश्चिममध्ये चारैतिर प्रत्यक वर्ष गइरहेको हुन्छ’ वरिष्ठ भूकम्पविद् अधिकारीले भने। ८ म्याग्निच्युट भन्दा ठूलोलाई महाभूकम्प, ७ देखि ८ म्याग्निच्युटलाई ठूलो र ६ देखि ७ म्याग्निच्युटलाई मध्यस्तर र त्यसभन्दा तललाई साना भूकम्प भन्ने गरिन्छ। सुक्ष्म र अति सुक्ष्म भूकम्प प्रायः गइनै रहेका हुन्छ।

४ म्याग्निच्युट कमका भूकम्पहरु महसुस गर्न सकिदैन्। निरन्तर भूकम्प गइरहने क्षेत्र भनेको जोखिमको क्षेत्र हो। कञ्चनपुरको महेन्द्रनगर, झलारी, कैलालीको टिकापुर, अत्तरिया, धनगढी लगायत ठुला, मझौला तथा साना सहरी क्षेत्र समेत भूकम्पको जोखिममा रहेको भूकम्पविद्ले बताएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर