युनिकोड    राशिफल    एफएम रेडियाे                        

कञ्चनपुर/ कञ्चनपुरमा १५ वर्षीया किशोरीले छोरा जन्माएकी छिन् । बेलौरी नगरपालिका–८ की ती किशोरीले माघ ३ गते घरमै छोरालाई जन्म दिएकी थिइन् । सुरुमा परिवारले बेइज्जत हुने डरले घटना लुकाएको थियो । गाउँलेहरुले घटना बाहिर ल्याएका थिए । त्यसपछि इलाका प्रहरी कार्यालय बेलौरीले चासो दिएर घटनाबारे अनुसन्धान गरेको छ ।

प्रहरीका अनुसार किशोरीले ७ महिना भएपछि मात्रै आफू गर्भवभी भएको थाहा पाएको प्रहरीसमक्ष बताएकी छिन् । किशोरीले भिनाजु नाता पर्ने युवकको बच्चा रहेको कुरा प्रहरीलाई बताएकी छिन् ।

भारत घर भएका ती व्यक्तिसँग किशोरी भाग्न लागेपछि परिवारले किशोरीलाई फिर्ता ल्याएको पाइएको प्रहरीको भनाइ छ । नेपालको कानुन अनुसार १८ वर्षमुनिका बालिका÷किशोरीसँग यौन सम्पर्क गर्नु बलात्कार ठहरिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर