युनिकोड    राशिफल    एफएम रेडियाे                        

स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले भ्रष्टाचार र कमिसनको खेल हुन नदिने बताउनुभएकाे छ । आज मन्त्रालयमा स्वास्थ्य पत्रकार मञ्च नेपालले आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा उहाँले काममा पारदर्शिता हुने बताउनुभएकाे हाे ।

उहाँले हरेक काम पारदर्शी ढंगबाट मात्र हुने जिकिर गर्दै भन्नुभयाे ‘जनताको रगत पसिनाबाट प्राप्त भएको राजश्वलाई दुरुपयोग हुन दिन्न।’

बाँकेमा कुनै पनि बालबालिकालाई खोप लगाउन नछुटाउन सम्बन्धित निकायलाई निर्देशन दिइसकेको मन्त्री गिरीले साे अवसरमा जानकारी दिनुभयाे । हिजाे आइतबार मात्रै बाँकेमा फैलिएको दादुरा प्रकोप नियन्त्रणको अवकलोकनका लागि मन्त्री गिरी सहितको स्वास्थ्य मन्त्रालयको टोली त्यहाँ पुगेको थियो। दादुराको प्रकोप नियन्त्रण हुन अझै एक महिना लाग्ने बताउँदै उहाँले नियन्त्रणका लागि स्रोत साधनमा कुनै पनि कमी हुन नदिने प्रतिवद्धता व्यक्त गर्नुभएकाे छ ।

स्वास्थ्य मन्त्रालयको नेतृत्व सम्हालेदेखि स्वास्थ्य बीमा कार्यक्रम प्रमुख प्राथमिकतामा रहेको बताउँदै आउँनुभएका गिरीले यसको कार्यान्वयन गरेरै छाड्ने बताउनुभयाे ।

उहाँले भन्नुभया “बीमाको दायरालाई अझ फराकिलो र व्यापक बनाएर लैजान सके मात्र गरिब तथा विपन्न नागरिकले स्वास्थ्य सेवा पाउन सक्छन् ।”

त्यसैगरी स्वास्थ्य संस्थाहरुको भौतिक पूर्वाधार र जनशक्ति व्यवस्थापनको विषय पनि आफ्नो प्रमुख प्राथमिकतामा रहेको उहाँकाे भनाई छ।

कार्यक्रममा स्वास्थ्य पत्रकार मन्चका अध्यक्ष राम प्रसाद न्यौपानेले मन्चको बारेमा जानकारी दिदै राम्रो काममा पत्रकार सधै साथ रहेने र गलत गरेको देखिए प्रतीपक्षको भूमिकामा रहने बताउनुभयाे । कार्यक्रममा राजधानीमा उपलब्ध स्वास्थ पत्रकारको उपस्थिति थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर