युनिकोड    राशिफल    एफएम रेडियाे                        

प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’लाई विश्वासको मत दिएको कांग्रेसको आन्तरिक राजनीति खलबलिएको छ । विश्वासको मतपछि कांग्रेसको इतर पक्ष यतिबेला सभामति समेत रहेका शेरबहादुर देउवाको विरुद्धमा खुलेर विरोध शुरु गर्न थालेको छ ।

प्रचण्डलाई विश्वासको मत दिनु नै गल्ती भएको निष्कर्षमा पुगेको इतर पक्ष र राष्ट्रपतिका लागि बार्गेनिङ गरिरहेको संस्थापन पक्षबीचको विवाद उत्कर्षमा छ ।

कांग्रेसले देखाएको यस्तो अराजनीतिक कदमले कांग्रेसको आगमी राजनीति यात्रा कता जाला ? निर्वाचन परिणामले संसदको सबैभन्दा ठूलो दल बनेको कांग्रेस आफ्नै हठका कारण सत्ताबाट बाहिरिन बाध्य भयो ।

जसकारण अझै पनि पार्टी नेतृत्व आलोचनाको सिकार बनिरहेको छ । परिस्थितिले प्रतिपक्षको भुमिकामा पुगेको कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिएपछि त झन कांग्रेसको चरित्रमाथिनै शंका उब्जिएको छ ।

संसदलाई प्रतिपक्षविहीन बनाएको कांग्रेसले संविधान माथि नै धावा बोल्दै आफूहरु प्रमुख प्रतिपक्षी दल भएको दावि गर्न भने छोडेको छैन ।

वर्तमान सत्ता गठबन्धन फुटाउन सक्रिय बनेको कांग्रेसले विश्वासको मतलाई हतियार बनाएर नैतिकता विपरित संवैधानिक पदहरुमा भागबण्डा खोज्न थाल्यो ।

विश्वासको मतमा लुरुलुरु पार्टी निर्णय स्वीकार गरेको इतर पक्षले संवैधानिक पदमा भाग मिलान नहुने देखेपछि देउवाको सत्तोसरापमा उत्रिएको छ ।

समय घर्किएपछि बसेको इतर पक्षको बैठकले विश्वासको मत दिनु नै गल्ती भएको निष्कर्ष निकालेको छ ।

पछिल्लो समय पार्टी सभापतिको रुपमा शेरबहादुर देउवाले खलेको भूमिकालाई लिएर प्रसंसा कम आलोचना ज्यादा भएको छ ।

पार्टी पंक्तिमै पनि पछिल्लो दिनहरुमा देउवाले खेलेको भूमिका गलत भएको भन्दै राजीनामा सम्मको माग भइरहेको छ ।

आइतबार बिहान बसेको कांग्रेस संस्थापन इतर पक्षका नेताहरुको भेलामा प्रधानमन्त्रीलाई विश्वासको मत दिएर पार्टीले गल्ती गरेको निष्कर्ष निकालेको छ ।

नेपाली कांग्रेसको कदम र देउवाले पछिल्लो प्रकरणमा प्रस्तुत गरिएका कार्यशैलीलाई लिएर यतिबेला राजनीतिक वृतमा विभिन्न तर्क विर्तक हुन थालेका छन् ।

राजनीतिक विश्लेषक डा. सुरेश आचार्यले कांग्रेसले अहिले जस्तै अराजनीतिक निर्णयहरु गर्दै गए भविष्यमा थुप्रै अवसरहरुबाट बञ्चित हुने बताउँछन् ।

खरो प्रतिपक्षको भुमिका निर्वाह गर्नुपर्ने कांग्रेस पुरानै शैलिमा फेरी पनि सत्ता केन्द्रित खेलमा लाग्नुले पार्टीमा असन्तुष्टी चुलिन थालेको छ ।

कांग्रेस सभापति देउवाले चालेका पछिल्ला राजनीतक कदम पनि पार्टीलाई नोक्सान पु¥याउने खालका भएको भन्दै इतर पक्षले आवाज संस्थागत ढंगले नै उठाउन थालेपछि देउवा राजनीतिक समस्यामा फस्न थालेका छन् ।

तर, विश्वासको मतदेखि विभिन्न निर्णय पार्टीको आधिकारिक कमिटीबाट गराएकाले देउवा विरोधि खेमाको विरोध पार्टी सत्ताका लागि मात्रै गरेको विरोध जस्तो देखिने इतर पक्षको ध्यानमाथि पनि प्रश्न नउठेको भने पक्कै होइन ।

प्रतिक्रिया

सम्बन्धित खवर