युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
बाजुराको मार्तडीमा भीषण आगलागी | फरार कैदीबन्दी र लुटिएका हतियारले चुनाव बिथोल्न दिँदैनौं : गृहमन्त्री अर्याल | सशस्त्रका २३ डीएसपीको सरुवा, को कहाँ ? (सूचीसहित) | बाजुरा अस्पतालमा विशेषज्ञ चिकित्सक र उपकरणको व्यवस्था गर्न स्वास्थ्यमन्त्रीलाई थापाको माग | रास्वपा र विवेकशीलबीच आज एकता घोषणा हुँदै | कैलालीबाट बाजुराका एक किशोर छ दिन देखि बेपत्ता | लुम्बिनीले सुदूरपश्चिमलाई दियाे १ सय ४४ रनकाे लक्ष्य | नयाँ बसपार्कमा फेला परेको महिलाको हत्या पुष्टि, एकजना पक्राउ | रामजानकी विवाह महोत्सव : महोत्तरीको मटिहानीमा ‘मटकोर’को तयारी | चुनावका लागि सरकारको तयारी तीव्र : कांग्रेसको निर्णयपछि एमाले पनि दबाबमा |

कृषि ज्ञान केन्द्र कैलालीले किसानलाई पावर टिलर हस्तान्तरण गरेको छ।

५० प्रतिशत अनुदानमा धनगढी उपमहानगरपालिका-७ देवहरियाका किसानलाई पावर टिलर प्रदान गरिएको हो। देवहरियास्थित दाइजो कृषि सहकारी संस्थामार्फत किसानलाई पावर टिलर उपलब्ध गराइएको सहकारीका अध्यक्ष मानबहादुर रानाले जानकारी दिए।

निवर्तमान भूमि, व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनीता चौधरीले शनिबार एक कार्यक्रमबीच किसानलाई पावर टिलर हस्तान्तरण गर्नुभयो। सो कृषि उपकरण खरिदमा आधा लगानी किसानको र आधा लगानी कृषि ज्ञान केन्द्रको छ। आठ जना किसानलाई पावर टिलर हस्तान्तरण गरेको जनाइएको छ।

कृषि पेशालाई आधुनिकीकरण र यान्त्रिकीकरण गर्ने उद्देश्यका साथ कृषि ज्ञान केन्द्रले कैलालीको विभिन्न पालिकाका किसानलाई अनुदानमा पावर टिलर लगायत कृषि उपकरण उपलब्ध गराउँदै आएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर