युनिकोड    राशिफल    एफएम रेडियाे                        

सुदुरपश्चिम प्रदेशले प्रधानमन्त्री कप महिला राष्ट्रिय टी-ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।

इटहरीमा शनिबार भएको फाइनलमा प्रदेश- लाई ६ विकेटले हराउँदै सुदुरपश्चिम च्याम्पियन बनेको हो ।

उपाधिसँगै सुदुरले ५ लाख र उपविजेता प्रदेश-१ ले ३ लाख रुपैयाँ प्राप्त गरेका छन् ।

प्रदेश-१ ले दिएको १ सय २ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको सुदुरले १९ ओभर ५ बलमा १०२ रन जोड्दै लक्ष्य पूरा गर्यो ।

सुदुरको जितमा सम्झना खड्काले अविजित २७ रन जोडिन । कविता जोशी १९ रनमा अविजित रहिन् ।

डोली भट्टले २२ तथा कविता कुँवरले १२ रन जोडिन ।

प्रदेश-१ का लागि सबनम राई, संगीता राई, रुबिना क्षेत्री र हिरान्मायी रोयले १र१ विकेट लिए ।

जनता क्रिकेट पार्क क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको प्रदेश-१ ले २० ओभरमा ५ विकेट गुमाएर १ सय १ रन बनाएको थियो ।

प्रदेश-१ का लागि काजल श्रेष्ठले अविजित ४८ रन जोडिन ।

यस्तै अप्सरी बेगमले १५ रन जोड्दा कप्तान रुबिना क्षेत्रीले १४ रन जोडिन ।
सुदुरकी मनिषा चौधरीले २ तथा ऋतु कोनुजियाले १ विकेट लिईन् ।

प्रतिक्रिया

सम्बन्धित खवर