युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
बडीमालिका–८ छाउपडी गोठमुक्त वडा घोषित | बाजुराको मार्तडीमा भीषण आगलागी | फरार कैदीबन्दी र लुटिएका हतियारले चुनाव बिथोल्न दिँदैनौं : गृहमन्त्री अर्याल | सशस्त्रका २३ डीएसपीको सरुवा, को कहाँ ? (सूचीसहित) | बाजुरा अस्पतालमा विशेषज्ञ चिकित्सक र उपकरणको व्यवस्था गर्न स्वास्थ्यमन्त्रीलाई थापाको माग | रास्वपा र विवेकशीलबीच आज एकता घोषणा हुँदै | कैलालीबाट बाजुराका एक किशोर छ दिन देखि बेपत्ता | लुम्बिनीले सुदूरपश्चिमलाई दियाे १ सय ४४ रनकाे लक्ष्य | नयाँ बसपार्कमा फेला परेको महिलाको हत्या पुष्टि, एकजना पक्राउ | रामजानकी विवाह महोत्सव : महोत्तरीको मटिहानीमा ‘मटकोर’को तयारी |

संसदमा नेपाली काँग्रेसले गृहमन्त्री रवि लामिछानेको कडा आलोचना गरेको छ । बैठकको शुन्य समयमा बोल्दै काँग्रेस सांसद रामहरी खतिवडाले गृहमन्त्रालयको कार्यशैलीप्रति कडा आलोचना गरेका हुन् ।

उनले गृहमन्त्रीले अपराधि पक्रन सूचना जारी गरेको भन्दै यो परिपाटी लज्जासपद भएको टिप्पणी गरे ।

‘गृहमन्त्रीले बाल केटा केटी पनको प्रदर्शन गर्नु भएन । के गृहमन्त्रीलाई देशको प्रहरी प्रशासनले टेर्न छाडेको हो ?,’ उनले भने, ‘मौखिक रुपमा सूचना दिँदा कोही अपराधि नपक्रने अवस्थाको सृजना भएको हा ?, कि अझै जनता ढाँट्नलाई सूचना प्रकाशन गरिएको हो ?’

गृहमन्त्रीको उक्त कार्यशैलीले देश कता जाँदैछ भनेर चिन्ता बढेको सांसद खतिवडाले भने ।

उनले गृहमन्त्रीले अपराधि पक्रन सूचना सार्वजनिक गरिएको भन्दै आक्रोश व्यक्त गरे ।

यसरी प्रहरीलाई लेखेको सूचना सार्वजनिक गर्ने हो भने, सशस्त्रलाई लेखिएको सूचना गृहले सार्वजनिक गर्ने हो भने गोपनीयताको हक कहाँ पुग्यो ?

उनले गृहमन्त्रीले मान्छे पक्रिन नसकेर विज्ञप्ति जारी गरेको पनि आरोप लगाए ।

गृहमन्त्रीले उच्च अदालतले पक्राउ गर्न आदेश दिएको व्यक्ति सँगसँगै प्रधानमन्त्रीलाई विश्वासको मत दिँदा पनि पक्राउ गर्न नसकेको उल्लेख गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर