स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाले करार सेवामा कर्मचारी माग गरेको छ । विभागले शनिबार सूचना जारी सातौँ तह अधिकृत (eLMIS Corrdinator) पदमा दुई जना कर्मचारी माग गरेको हो ।
एक जना मधेस प्रदेश र एक जना सुदूरपश्चिम प्रदेशमा खटाउने गरी विभागले कर्मचारी माग गरेको छ । योग्ता पुगेका इच्छुकलाई आठ सय रुपैयाँ आवेदन शुल्क तिरेर १० दिनभित्र आवेदन दिन भनिएको छ । आवेदन टेकुस्थित स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखामा दिनुपर्ने सूचनामा जानकारी दिइएको छ ।






