युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
बडीमालिका–८ छाउपडी गोठमुक्त वडा घोषित | बाजुराको मार्तडीमा भीषण आगलागी | फरार कैदीबन्दी र लुटिएका हतियारले चुनाव बिथोल्न दिँदैनौं : गृहमन्त्री अर्याल | सशस्त्रका २३ डीएसपीको सरुवा, को कहाँ ? (सूचीसहित) | बाजुरा अस्पतालमा विशेषज्ञ चिकित्सक र उपकरणको व्यवस्था गर्न स्वास्थ्यमन्त्रीलाई थापाको माग | रास्वपा र विवेकशीलबीच आज एकता घोषणा हुँदै | कैलालीबाट बाजुराका एक किशोर छ दिन देखि बेपत्ता | लुम्बिनीले सुदूरपश्चिमलाई दियाे १ सय ४४ रनकाे लक्ष्य | नयाँ बसपार्कमा फेला परेको महिलाको हत्या पुष्टि, एकजना पक्राउ | रामजानकी विवाह महोत्सव : महोत्तरीको मटिहानीमा ‘मटकोर’को तयारी |

प्रधानमन्त्री कप महिला राष्ट्रिय ट्वान्टी–२० प्रतियोगिताको उपाधिका लागि प्रदेश १ र सुदूरपश्चिम प्रदेशबीच प्रतिस्पर्धा हुने भएको छ।

खेल शनिबार बिहान ११ बजे इटहरीको जनता पार्कमा हुनेछ। शुक्रबार भएको सेमिफाइनल खेलमा सुदूरपश्चिम प्रदेशले मधेस प्रदेशलाई १ सय १४ रनको फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा प्रदेश १ सँगको भेट पक्का गरेको हो।

अर्को खेलमा प्रदेश १ ले विभागीय टोली एपीएफलाई ८ विकेटले पराजित गर्दै अन्तिम दुईमा स्थान पक्का गरेको हो। यससँगै विभागीय टोली एपीएफ पहिलोपटक प्रधानमन्त्री कपको सेमिफाइनलबाट बाहिरिएको छ।जारी प्रतियोगितामा अपराजित रहँदै फाइनलमा स्थान बनाउने क्रममा सुदूरपश्चिम प्रदेशले शुक्रबार मधेस प्रदेशमाथि १  सय १४ रनको फराकिलो जित निकालेको हो।

नेपाल क्रिकेट संघका अनुसार प्रतियोगिताका विजेताले ५ लाख र उपविजेता टोलीले ३ लाख रुपैयाँ प्राप्त गर्नेछन्। प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीले ३० हजार तथा उत्कृष्ट ब्याटर र बलरले समान २०/२० हजार पाउनेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर