काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले धरौटीमा छाड्न आदेश दिएको छ।
नाबालिगलाई बलात्कार गरेको आरोपमा उनलाई यसअघि जिल्ला अदालत काठमाडौंले थुनामै राखेर बलात्कार सम्बन्धी मुद्दामा कारबाही अघि बढाउन आदेश दिएको थियो । उक्त आदेशकविरुद्ध सन्दिपले उच्च अदालत पाटनमा निवेदन दिएका थिए ।
सोही निवेदनमा न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासले लामिछानेलाई धरौटीमा छाड्न आदेश दिएको हो। गत कात्तिक १८ गते काठमाडौं जिल्ला अदालतमा दुवै पक्षको बहसपछि सन्दीपलाई थुनामा पठाउन आदेश दिइएको थियो।
असोज २० गते प्रहरीले त्रिभुवन विमानस्थलबाट लामिछानेलाई नियन्त्रणमा लिएको थियो।





