युबराज बडुवाल _बाजुरा / बाजुरा जिल्ला बडीमालिका नगरपालिका अन्तर्गत ६ ८ र ९ वडा भित्र रहेकाे विभिन्न स्थानमा जिल्ला प्रहरी कार्यालयबाट खटाइएकाे प्रहरी टोलीले जिल्लाको सदरमुकाम जाेड्ने सडक राजमार्ग छेउछाउमा रहेको होटल तथा पसलहरुमा चेकजाँच गरी २ सय २६ लिटर अबैध घरेलु मदिरा र मदिरा उत्पादन गर्ने कच्चापदार्थ (पास) नियन्त्रण गरेकाे छ ।
नियन्त्रण गरेकाे अबैध घरेलु मदिरा र मदिरा उत्पादन गर्ने कच्चा पदार्थलाइ जिल्ला प्रहरी कार्यालय जन-प्रतिनिधि, सरोकारवाला निकायहरुको उपस्थितीमा बाउली खाेलामा लगेर नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।








