युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
बाजुराको मार्तडीमा भीषण आगलागी | फरार कैदीबन्दी र लुटिएका हतियारले चुनाव बिथोल्न दिँदैनौं : गृहमन्त्री अर्याल | सशस्त्रका २३ डीएसपीको सरुवा, को कहाँ ? (सूचीसहित) | बाजुरा अस्पतालमा विशेषज्ञ चिकित्सक र उपकरणको व्यवस्था गर्न स्वास्थ्यमन्त्रीलाई थापाको माग | रास्वपा र विवेकशीलबीच आज एकता घोषणा हुँदै | कैलालीबाट बाजुराका एक किशोर छ दिन देखि बेपत्ता | लुम्बिनीले सुदूरपश्चिमलाई दियाे १ सय ४४ रनकाे लक्ष्य | नयाँ बसपार्कमा फेला परेको महिलाको हत्या पुष्टि, एकजना पक्राउ | रामजानकी विवाह महोत्सव : महोत्तरीको मटिहानीमा ‘मटकोर’को तयारी | चुनावका लागि सरकारको तयारी तीव्र : कांग्रेसको निर्णयपछि एमाले पनि दबाबमा |

सुदूरपश्चिम प्रदेशको बेरुजू बढेर एक अर्ब  ५४ करोड ९६ लाख २० हजार नाघेको छ।

प्रदेशको आर्थिक मामिला मन्त्रालयको तथ्यााक अनुसार असुली गर्नुपर्ने १० करोड ८ लाख ८७ हजार, नियमित गर्नुपर्ने ९९ करोड ६ लाख ३७ हजार तथा पेश्की बाँकी ८० करोड ३२ लाख १६ हजार गरी पाँच वर्षको अवधिमा एक अर्ब  ८९ करोड ४७ लाख ४० हजार पुगेको देखिएको हो। समितितर्फको बेरुजू मात्र ३४ करोड १७ लाख ३७ हजार गरी कुल दुई अर्र्ब  २३ करोड ६४ लाख ७७ हजार रहेकोमा ६८ करोड ६८ लाख ५७ हजार मात्र सम्परीक्षण भएको छ।

अहिले पनि एक अर्ब ५४ करोड ९६ लाख २० हजार बेरुजू कायमै रहेको देखिएको हो। प्रदेशमा आर्थिक वर्ष २०७४/७५ देखि आर्थिक वर्ष २०७७÷७८ सम्म गरी हरेक वर्ष बेरुजू रकम बढ्दै गएको तथ्यांक छ। आर्थिक वर्ष २०७८/७९ र चालु आर्थिक वर्षको बाँकी ६ महिनाको बेरुजू जोड्न बाँकी छ। सुदूरपश्चिममा कानुन विपरीत पेश्की बेरुजू समेत वर्षेनि बढ्दै गएको देखिएको हो।

प्रतिक्रिया

सम्बन्धित खवर