कैलालीको अत्तरिया भोली देखि शुश्र हुने सुदूरपश्चिम प्रादेशिक महोत्सवको तयारी पुरा भएको आयोजकले जनकारी दिएको छ ।
आयोजक अत्तरिया उद्योग बाणीज्य संघ अत्तरियाले मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै महोत्सवको सम्पुर्ण तयारी पुरा भएको जनाएको हो ।
महोत्सवको भोलि दिँउसो १ बजे प्रदेश प्रमुख देवराज जोशीले उद्घाटन गर्ने भएका छन् । साँतौ सँस्करणको महोत्सवको तयारी गरीरहेको आयोजक उद्योग वाँणीज्य संघले यस पटक महोत्सवमा १५० ओटा स्टल रहने बताएको छ ।
अत्तरिया उद्योग वाँणीज्य संघका सँस्थापक अध्यक्ष बसन्त रोकायाले महोत्सव सम्पन्न गर्न सहयोग गर्न सम्पुर्णलाई आग्रह गरे ।
अत्तरिया उद्योग वाँणीज्य संघका अध्यक्ष एवम् महोत्सवका संयोजक अशोकराज देवकोटाले महोत्सवको मुख्य आकर्षणका रुपमा राष्ट्रिय एवम चर्चित कलाकारहरुको प्रस्तुती, लामीतालमा डुंगाको व्यवस्था,बाल उधान, खानाका विभीन्न परिकारहरु, विभीन्न प्रकारका झाँकीका साथै नृत्यहरु रहेको बताए ।





