युनिकोड    राशिफल    एफएम रेडियाे                        

प्रधानन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिरामीले सामान्य शल्यक्रिया गर्न पनि चार महिनासम्म कुर्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने बताउनु भएको छ । मंगलबार प्रतिनिधि सभा बैठकमा विश्वासको मत माग्दै प्रधानमन्त्री प्रचण्डले अस्पतालमा बिरामीहरुले लाइन बस्नुपर्ने हालको अवस्था अन्त्य गर्न सम्बन्धित निकायलाई निर्देशनसमेत दिइसकेको बताउनुभयो ।

“अस्पतालमा सामान्य शल्यक्रिया गर्न समेत चार महिनासम्म लाइन बस्नुपर्ने अवस्था किन आयो” प्रधानमन्त्री दाहालले भन्नुभयो “अब यस्तो अवस्थाको अन्त्य गर्नुपर्छ।”

सरकारी, सामुदायिक र निजी क्षेत्रबाट प्रदान गरिने स्वास्थ्य सेवाको गुणस्तरीयता सुनिश्चितताका लागि अधिकार सम्पन्न नियमनकारी निकाय राष्ट्रिय प्रत्यायन प्राधिकरण गठन गर्ने आफ्नो सरकारको प्राथमिकता रहेको पनि प्रभानमन्त्री दाहालले बताउनुभयो ।

दाहालले सबै बालबालिकलाई पूर्ण खोप शुनिश्चित गर्ने, अधिकांश रोगको उपचार स्वदेशमा नै हुने प्रबन्ध गर्ने, आम नागरिकमा चिकित्सा सेवा पुऱ्याउन चिकित्सकहरूको संख्या बढाउने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर