काठमाडौं / सत्तारुढ दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आजको दिनमा सरकारलाई धेरै चुनौति रहेको बताएका छन् ।
संसदको पहिलो बैठकमा बोल्दै उनले मुलुक सहज अवस्थामा नरहेको टिप्पणी गरे । ‘आज देशमा धेरै समस्याहरु छन् । अहिले पनि मानिसहरु शरीरमा गोली बोकेर बसेका छन् । आन्दोलनको असरबाट हामी मुक्त भइसकेका छैनौ,’ उनले भने, ‘अहिले पनि विभिन्न आन्दोनमा सहादत प्राप्त गरेका विधुवाहरु छन् । एकल महिला र पुरुषहरु छन्। टुहुराहरु छन् । उनीहरुको रेखदेख र हेरचाह गर्नुछ ।’
त्यस्ता चुनौतिहरुलाई नहेरेर खाली कुर्सीतर्फ मात्रै कुर्सीतिर मात्रै लाग्नु नहुने अध्यक्ष ओलीको भनाइ छ । अध्यक्ष ओलीले व्यक्तिगत मान सम्मानका लागि नभइ आफूहरु देश चलाउन संसद छिरेको बताए ।
उनले भने, ‘देश चलाउनका लागि आएका हौँ । हामी सांसद हुनका लागि नभइ संसद भएर देश चलाउनका लागि संसदमा आएको हौँ।’





