युनिकोड    राशिफल    एफएम रेडियाे                        

अमला प्रकृतिले निःशुल्क उपहार दिएको बहुगुणी फल हो । अमलामा प्रसस्त मात्रामा भिटामिन सी पाईन्छ ।अमला खानाले आँखाको रोशनी बढ्नुका साथै बच्चाको झाडापखाला समेत निको पार्छ ।

जसको नियमित सेवनले तपाईंको स्वास्थ्यमा आउने विभिन्न समस्या हटाउन मद्दत गर्छ । भिटामिन सीका अन्य स्रोत जस्तै कागती वा सुन्तला हावा वा घामको सम्पर्कमा आएपछि यसमा पाइने भिटामिन सी कम हुन्छ तर अमला एउटा यस्तो स्रोत हो जसमा भिटामिन सी सधै रहिरहन्छ ।

भनिन्छ एउटा अमलामा ३ वटा सुन्तलामा भन्दा धेरै भिटामिन हुन्छ र अमलाको रुखको फेदको छायाँमा बसेर खानाले मात्रै पनि अनेक रोगहरु निको हुन्छ । अमलामा विभिन्न रोगहरु निको पर्ने क्षमता हुन्छ । अमलाले युवाहरुमा जोस जाँगर प्रदान गर्छ । यसलाई सुख्खा चुर्णको रुपमा अन्य औषधिको रुपमा, अचारको रुपमा वा अन्य कुनै रुपमा प्रयोग गर्न सकिन्छ ।

त्यसैगरी छालाको समस्याबाट दूर राख्छ । यसका अलावा अमलाको अन्य धेरै फाइदाहरु छन्।

अमला खाँदाका फाइदै फाइदा

तौल कम :

अमला खाँदा शरिरमा मेटाबोलिजम बढ्छ र तौल निकै तिब्र रुपमा कम हुन थाल्छ।

मुटुको समस्या :

यो खाँदा नराम्रो कोलेस्ट्रोलको स्तर कम हुन्छ र हृदय रोगबाट बच्न सहयोग गर्दछ।

कमजोरी :

अमलामा भिटामिन सीको मात्रा अत्याधिक हुने भएकाले तपाईंको शरिरलाई ऊर्जावान् राख्न सहयोग गर्दछ । यसले कमजोरी पनि टाढा राख्छ।

पाचन :

अमलामा फाइबर हुन्छ जसले पाचन प्रक्रियालाई सन्तुलनमा राख्छ। यो खाँदा कब्जियतको समस्या हट्छ।

अनुहारमा चमक :

यो खाँदा शरिरको टक्सिन टाढा रहन्छ र अनुहारको चमक बढाउन सहयोग गर्दछ।

क्यान्सर :

अमलामा पाइने एन्टिअक्सिडेन्टले कार्सिनोजेनिक सेल्सलाई बन्न रोक लगाउँछ जुन क्यान्सरबाट बचाउनका लागि फाइदाजनक मानिन्छ ।

राम्रो कपाल :

यसमा पाइने एन्टिअक्सिडेन्टले कपाल चम्किलो बनाउने र कपाल झर्ने समस्याबाट पनि मुक्ति दिन्छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर