नेकपा एमालेका हिक्मत कार्कीले चार दलको समर्थनमा मुख्यमन्त्री दावी पेस गरेका छन् । एमालेका ४० जना, माओवादीका १३ जना, राप्रपाका ६ जना र जसपाका एक जना सांसद गरेर कुल ६० जनाको हस्ताक्षरसहित कार्कीले मुख्यमन्त्री दाबी पेस गरेका हुन् ।
प्रदेश प्रमुख परशुराम खापुङलाई कार्कीले संविधानको १७६ को उपधारा २ बमोजिम मुख्यमन्त्रीको दाबी पेस गरेका हुन् ।






