युनिकोड    राशिफल    एफएम रेडियाे                        

पछिल्ला ६४ वर्षमा तुइनबाट खसेर दार्चुलामा मात्रै ६३ जना महाकाली नदीमा बिलाएका छन् । उनीहरूमध्ये दुईको मात्रै शव भेटिएको छ । ६१ जनालाई प्रहरी र स्थानीय तहको वडा कार्यालयले बेपत्ताको सूचीमा राखेका छन् । ०७२ मै तत्कालीन प्रधानमन्त्री केपी ओलीले तुइन विस्थापन गर्ने घोषणा गरेका थिए । तर, दार्चुलामा मात्रै अझै आधा दर्जन तुइन छन्, पछिल्लोपटक बिहीबार मात्रै १२ वर्षीय बालकले ज्यान गुमाएका छन्  ।

०१६ यता तुइनबाट महाकालीमा खसेकामध्ये ब्याँस गाउँपालिका– ५ का दिलीपसिंह धामी र वीरसिंह धामीको शव मात्रै भेटिएको हो । उनीहरू ०५८ मा सोही वडाको ठन्डापानीस्थित तुइनबाट खसेका थिए । यीसहित ब्याँस– ५ का मात्रै १९ जना जिल्लाका विभिन्न तुइनबाट खसेर बेपत्ता छन् ।

जिल्ला प्रहरी र वडा कार्यालयको तथ्यांकअनुसार ब्याँस– २ का मात्रै २४ जना तुइनबाट खसेर बेपत्ता छन् । सबैभन्दा धेरै यही वडाका नागरिक बेपत्ता भएका छन् । त्यस्तै, ब्याँस– ६ का आठ, ब्याँस– ३ का पाँच र ब्याँस– ४ का तीनजना बेपत्ता छन् । दार्चुलाकै नौगाड गाउँपालिकाका एक, दोलखाको भीमेश्वर नगरपालिका– ६ का एक, कैलाली लम्कीका एक र ठेगाना नखुलेका अर्का एक जना पनि तुइनबाट महाकालीमा बेपत्ता भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर