युबराज बडुवाल / जिल्ला खप्तड छेडेदह गाउँपालिका वडा नम्बर ४ खाती गाउँ निवासी अर्जुन धामिकाे घरमा आज दिउँसो आगलागी भएको छ ।
बिहान खाना पकाएको केइला कट्टामा राखेर सबै काममा गएको बेला घरको एक झ्याल खुला हुदा हावाले कट्टामा राखेको केइला जलेर घरमा आगलागी भएको वडा अध्यक्ष दल बहादुर धामीले बताएका छन् ।
अध्यक्ष धामीका अनुसार पुरै घरमा आगाेलागेपछी घर भित्र रहेको १७ हजार क्यास ५० हजार बराबरकाे दारकाट लत्ताकपडा लगाएत अन्य गरेर जम्मा १ लाख ६७ हजार बराबर धनजनको क्षति भएको अध्यक्षले बताएका छन् । स्थानीयहरुकाे सहयोगमा आगलागी नियन्त्रणमा लिइएको धामीले बताएका छन् । जिल्ला प्रहरी कार्यालय बाजुराले भने यस बारेमा थप अनुसन्धान भैरहेको जनाएको छ ।





