बाजुरा । संविधान दिवसको अवसरमा सोमवार जिल्ला सदरमुकाम मार्तडीमा विविध कार्यक्रम गरी मनाइको छ ।
प्रमुख जिल्ला अधिकारी प्रकाश चन्द अधिकारीको अध्यक्षतामा संचालन गरिएको कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति बाजुराका प्रमुख तुलसीराम रोकाया बिशिस्ट अतिथि बडीमालिका नगरपालिकाका कार्यबाहक नगर प्रमुख धर्मराज पाध्याय, जिल्ला समन्वय उप प्रमुख लाछु सार्की, नेकपा एमालेका पार्टी सचिव भरत थापा, सम्पुर्ण राष्ट्रसेवक कर्मचारी, सुरक्षा कर्मी जिल्ला स्थित सुरक्षा निकायका प्रमुख जिल्ला स्थित निजामती कर्मचारीहरु राजनितीक दल पत्रकार लगायतको सहभागितामा मार्तडी स्थित खुला मंचबाट सुरु भएको प्रभात फेरी कार्यक्रम संविधान दिवस मूल समारोह समिति बाजुराले बाजुरा सदरमुकाममा बाजागाजा सहित बजार परिक्रमा गरिएको प्रमुख जिल्ला अधिकारी प्रकाश चन्द्र अधिकारीले बताएका छन् ।
संबिधान दिवसको अवसरमा आइतबार बिहान जिल्ला सदरमुकाम मार्तडीमा रहेको बडीमालिका मन्दिर परिसर वरिपरि राष्ट्रसेवक कर्मचारीले सरसफाइ गरेका थिए । दिउँसो जिल्ला खेलकुद समितिको कवर्ड हलमा महिला,पुरूष भलिबल प्रतियोगिता आयोजना गरिएको थियो ।
जिल्लामा रहेको मालिका नमुना माध्यमिक बिद्यालयका बिद्यार्थी हरूको स्वागत गीत सहित रहेको कार्यक्रम खुला मञ्चमा सम्पन्न गरिएको अधिकारीले बताएका छन् ।





