युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
बाजुराको मार्तडीमा भीषण आगलागी | फरार कैदीबन्दी र लुटिएका हतियारले चुनाव बिथोल्न दिँदैनौं : गृहमन्त्री अर्याल | सशस्त्रका २३ डीएसपीको सरुवा, को कहाँ ? (सूचीसहित) | बाजुरा अस्पतालमा विशेषज्ञ चिकित्सक र उपकरणको व्यवस्था गर्न स्वास्थ्यमन्त्रीलाई थापाको माग | रास्वपा र विवेकशीलबीच आज एकता घोषणा हुँदै | कैलालीबाट बाजुराका एक किशोर छ दिन देखि बेपत्ता | लुम्बिनीले सुदूरपश्चिमलाई दियाे १ सय ४४ रनकाे लक्ष्य | नयाँ बसपार्कमा फेला परेको महिलाको हत्या पुष्टि, एकजना पक्राउ | रामजानकी विवाह महोत्सव : महोत्तरीको मटिहानीमा ‘मटकोर’को तयारी | चुनावका लागि सरकारको तयारी तीव्र : कांग्रेसको निर्णयपछि एमाले पनि दबाबमा |

काठमाडौं / कास्कीको मादी गाउँपालिका–१ सिक्लेसका सुरजकुमार गुरुङको आफ्नै घरमा आगलागी हुँदा जलेर मृत्यु भएको छ ।

आगलागीका कारण निर्वतमान वडाध्यक्ष गुरुङको मृत्यु भएको सोही वडाका वडाध्यक्ष देवीजङ्ग गुरुङले जानकारी दिए । उनका अनुसार आइतबार राति १०ः३० बजे आगलागी नियन्त्रणमा लिइएपछि गुरुङको शव घरभित्र जलेको अवस्थामा फेला परेको थियो । सुरजकुमार विसं २०७४ को स्थानीय तह निर्वाचनमा वडाध्यक्षमा निर्वाचित भएका थिए ।

मृतक गुरुङकै घरदेखि आगलागी सुरु भएको बताइन्छ । कपडा पसल सञ्चालन गर्दै आएका उनी घरमा एक्लै बस्ने गर्थे । उनका छोरा÷बुहारी गाउँकै अर्को घरमा बसोबास गर्दै आएको बताइएको छ । आगलागीबाटसँगैको तौबहादुर गुरुङको घरसमेत जलेर पूर्ण क्षति भएको वडाध्यक्ष देवीजङ्गले जानकारी  दिए ।

तौबहादुरको घरमा स्थानीय धनबहादुर गुरुङले किराना पसल सञ्चालन गर्दै आएका थिए । के कारणले आगलागी भएको भन्ने यकिन हुन नसकेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर