युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
बडीमालिका–८ छाउपडी गोठमुक्त वडा घोषित | बाजुराको मार्तडीमा भीषण आगलागी | फरार कैदीबन्दी र लुटिएका हतियारले चुनाव बिथोल्न दिँदैनौं : गृहमन्त्री अर्याल | सशस्त्रका २३ डीएसपीको सरुवा, को कहाँ ? (सूचीसहित) | बाजुरा अस्पतालमा विशेषज्ञ चिकित्सक र उपकरणको व्यवस्था गर्न स्वास्थ्यमन्त्रीलाई थापाको माग | रास्वपा र विवेकशीलबीच आज एकता घोषणा हुँदै | कैलालीबाट बाजुराका एक किशोर छ दिन देखि बेपत्ता | लुम्बिनीले सुदूरपश्चिमलाई दियाे १ सय ४४ रनकाे लक्ष्य | नयाँ बसपार्कमा फेला परेको महिलाको हत्या पुष्टि, एकजना पक्राउ | रामजानकी विवाह महोत्सव : महोत्तरीको मटिहानीमा ‘मटकोर’को तयारी |

सन् २०२२ प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सवालमा निकै नै चुनौतीपूर्ण वर्ष बनेको छ। यो वर्ष नेपालमा प्रेस स्वतन्त्रता हननका ५३ वटा घटना घटेको उल्लेख गर्दै नेपाल पत्रकार महासंघले सन् २०२२ चुनौतीपूर्ण रहेको बताएको हो।

ती ५३ वटा घटनामा १३२ पुरुष र १८ महिला पत्रकारसहित ६ वटा सञ्चारसंस्था प्रभावित भएका नेपाल पत्रकार महासंघले जनाएको छ। महासंघको प्रेस स्वतन्त्रता अनुगमन शाखाको अभिलेखअनुसार सन् २०२१ मा प्रेस स्वतन्त्रता हनन्का ६२ वटा घटना अभिलेख भएका थिए। जसबाट १९० पत्रकार र चार सञ्चारमाध्यम प्रभावित भएका थिए।

नयाँ प्रविधि र शैलीको विकाससँगै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरुद्धका घटनामा पनि नयाँ नयाँ तरिका अपनाइएको पाइएको महासंघले विज्ञप्तीमार्फत् जनाएको छ। सन् २०२२ मा अनलाइन सञ्चारमाध्यमको सिएमएसमा अनधिकृत प्रवेश गर्ने, संगठित रूपमा अनफलो अभियान चलाउने, सामाजिक सञ्जालमार्फत धम्की दिने, सामाजिक सञ्जाललाई बन्द गर्न प्रयास गर्ने र विमुख बनाउने तथा ह्याक गर्ने काम भएको विज्ञप्तीमा उल्लेख छ।

प्रतिक्रिया

सम्बन्धित खवर