प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज गृहजिल्ला चितवन जाने भएका छन् ।
प्रधानमन्त्री प्रचण्ड भरतपुर वडा नं. १०स्थित नारायणी नमूना माध्यमिक विद्यालयको हीरक महोत्सव समारोहको उद्घाटन गर्न चितवन जान लाागेका हुन् ।
चितवन प्रहरीको अनुसार प्रधानमन्त्री बिहानै चितवन जाने कार्यक्रम रहेको छ । प्रधानमन्त्री प्रचण्डले विहान ११ बजे हीरक महोत्सवको उदघाटन गर्ने कार्यक्रम रहेको जनाइएको छ ।
सोही अवसरमा उनले स्वर्ण र हीरक स्तम्भ अनावरण गर्ने भवन सिलान्यास, हीरकद्वार उदघाटन, हीरक स्मारिका विमोचन गर्ने कार्यक्रम रहेको छ ।
प्रचण्ड प्रधानमन्त्री बनेपछि पहिलो पटक काठमाडौं उपत्यका बाहिरको कार्यक्रममा सहभागी हुँदैछन् ।





