युनिकोड    राशिफल    एफएम रेडियाे                        

काठमाडौं / नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफू राष्ट्रपति बन्न लागेको समाचार सत्यता नभएको बताएका छन् ।

बिहीबार पार्टी जनवर्गीय संगठनका प्रतिनिधिसँगको जुम बैठकमा कार्यकर्तालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आफूलाई राष्ट्रपति बनाउन खोजिएको समाचार हल्ला भएको भन्दै त्यसमा सत्यता नरहेको उनले बताए ।

उनले भनेका छन्, ‘अहिले एमालेसँग जोडेर बजारमा माधव नेपाललाई राष्ट्रपति बनाउने हल्ला चलेका छन् । ति बजार हल्लामा कुनै सत्यता छैन । यो सुनेर के हो ? कसो हो ? भनेर नेता कार्यकर्तामा जिज्ञासा पैदा भएको छ । तर बजार हल्लाको पछि लाग्नु हुँदैन ।’

बाहिर समाचार आएरमात्र नहुने र त्यसमा दुई पक्षीय सहमतिको खाँचो पनि रहने उनले बताएका छन् । उनका अनुसार यस्तो कुरामा दुवै पक्ष तयार हुनुपर्छ ।

अध्यक्ष नेपालले पार्टी सरकारमा जाने नजाने बारे पनि आफ्नो धारणा राखेका छन् । उनले सरकारले विश्वासको मत लिएपछि सरकारमा जाने नजानेबारे पार्टीले निर्णय लिने पनि बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर